आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

स्वास्थ्यमा गम्भीर समस्या आएपछि प्रधानमन्त्रीले राजीनामा दिदै, प्रेसमिट गरेर थप जानकारी गराइने

प्रकाशित
11K
SHARES

काठमाडौं । हाम्राे देशका प्रधानमन्त्री केपी ओली गम्भीर स्वास्थ्य समस्याबाट जुग्रिए । उनले प्रधानमन्त्रीको कुर्सी सम्हालेको अवस्थामा मृगाैला फेरे। संसदमा बोल्ने नसक्ने अवस्था हुँदा पनि जबर्जस्ति बोले तर प्रधानमन्त्रीको कुर्सी भने छाड्न मानेन । पार्टीभित्र र बाहिर राजीनामाको माग उठ्यो तर उनी टसको मस भएनन ।

त्यति मात्रै हैन ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्दै नछोड्ने अडानमा छन् र अहिले पनि यहि बिषयले सत्तारुढ नेकपाभित्र रडाको मच्चिएको छ । तर उता जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिने घोषणा गरेका छन  । स्वास्थ्यमा गम्भीर समस्या आएपछि प्रधानमन्त्री आवेले राजीनामा दिन लागेको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री आवेले पत्रकार सम्मेलन गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी गराउने तयारी गरेको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना भएको समारचारमा जनाइएको छ ।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले त्यसको असर सरकार सञ्चालनमा नपरोस् भनेर राजीनामा दिन लागेको उनले बताए। यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् । उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने । ६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम  गरेका छन् । उता भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । एजेन्सी

विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् । एकै दिन थप ५ हजार ८६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७७३ पुगेको छ ।

अहिले ६६ लाख ९४ हजार ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ५९६ जनाको मृत्यु भएको छ । ३४ लाख ८० हजार ९६२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६५ हजार ६६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ४८ हजार ७०५ पुगेको छ । त्यसमध्ये ४० लाख ९८ हजार ८७ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५५१ जनाको मृत्यु भएको छ ।

६६ लाख ८१ हजार ८३९ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार १३० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ४३४ जनाको मृत्यु भएको छ । ६० लाख ३९ हजार ९१६ जना संक्रमित भएकोमा ४६ लाख ३९ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ९१० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय जनाको मृत्यु भएको छ । २७ हजार ९१४ जना संक्रमित भएकोमा २२ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया