आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बार्यनसँगकाे लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

प्रकाशित
426
SHARES

काठमाडौं । बार्सिलोनाले मुख्य प्रशिक्षक क्विकी सेटिनलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यनसँग लज्जास्पद हार व्यहोरेसँगै क्लबले सेटिनलाई बर्खास्त गरेको हो। शनिबार बिहान भएको खेलमा बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग ८-२ गोल अन्तरले पराजित भएको थियो।

लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले यो स्तरको नतिजा व्यहोर्ने अपेक्षा धेरै कमले गरेका थिए। तर, अनपेक्षित हारसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरनु पर्दा क्लबको पहिलो कडा कदमका सिकार प्रशिक्षक सेटिन बनेका छन्।

यो वर्ष ला लिगामा समेत उपाधि हात पार्न नसकेको बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरीए लगत्तै क्लबका अध्यक्षले हप्ता दिनमा केही निर्णय हुने बताएका थिए। सन् २०१९ को जनवरीमा अर्नेष्टो भालभार्देको स्थान लिएका सेटिनले क्लबका लागि राम्रो गर्न नसक्दा बर्खास्तीमा परेका हुन्।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । सिटीफ्रान्सेली क्लब लियोनसँग पराजित भएसँगै उसँगै सिटीको च्याम्पियन्स लिगको यात्रा अन्तिम आठमै पूर्णविराम लागेको हो ।

शनिबार लिस्बनमा भएको खेलमा लियोन ३-१ ले विजयी भयो। लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले दोस्रो हाफमा बराबरी गोल गरेपनि त्यसपछि गोलरक्षक एडरसनले खराब प्रदर्शन गर्दा सिटीले हारको सामना गर्नुपर्यो ।

खेलको २६औं मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो ।

सिटीका लागि ६९औं मिनेटमा डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, त्यसको २ मिनेटपछि ७९औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए । मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे ।

लगत्तै डेम्बेलेले नै ८७औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो तथा टिमका निर्णायक गोल गर्दै लियोनको अन्तिम चारको यात्रा सुनिश्चित गरे । लियोनले अब सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ ।

प्रतिक्रिया