आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आइपीएल यूएईमा हुने निश्चित, भारत सरकारले दियो अनुमति

प्रकाशित
531
SHARES

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट यूएईमा हुने पक्का भएको छ । कोरोना भाइरसको महामारीले भारतमा हुन नसकेको १३औँ संस्करणको आइपीएल यूएईमा गर्न भारत सरकारले अनुमति दिएको छ ।

आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको थियो ।

बीसीसीआईको उक्त प्रस्ताव भारत सरकारले स्वीकार गरेको हो । आईपीएल यूएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा पहिलो चरणको खेलहरु यूएईमा भएको थियो ।

यस्तै यता आयरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा पनि घरेलुु टिम इंग्ल्यान्ड विजयी भएको छ। शनिबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। जितसँगै इंग्ल्यान्डले विश्वकप सुपरलिगमा १० अंक थपेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २१२ रन जोड्यो। उसका लागि कुर्टिस चाम्फरले ६८ रन जोडे।

बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ विकेट लिए। २१३ रनको लक्ष्य इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३२.३ ओभरमा पार गर्यो। इंग्ल्यान्डका लागि जोनी बायस्टोले उत्कृष्ट ब्याटिङ गरे। २१ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका उनले आउट हुनुअघि ४१ बलमा ८२ रन जोडे।

उनले इयान मोर्गानको नाममा रहेको इंग्ल्यान्डका लागि एकदिवसीय खेलमा छिटो अर्धशतकको रेकर्ड बराबरी गरे। उनी प्लेयर अफ दि म्याच भए। बलिङमा आयरल्यान्डका जोस लिटिलले ३ विकेट लिए।

प्रतिक्रिया