आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आर्सनलले १४औँ पटक जित्यो एफए कपको उपाधि

प्रकाशित
699
SHARES

एजेन्सी । आर्सनलले १४औँ पटक एफए कप फुटबलको उपाधि जीतेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै १४औँ पटक उपाधि जितेको हो ।

१० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमान्चक र तनावपूर्णसमेत बनेको फाइनल खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले उपाधि चुमेको हो । खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले गरेको व्यक्तिगत दोस्रो गोल नै आर्सनलका लागि निर्णायक सावित भयो । ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

यस्तै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस अन्तिम खेलमा रोमासँग पराजित भएको छ । रोमाविरूद्धको खेलमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा घरेलु मैदानमै युभेन्टस ३–१ को नमिठो हार बेहोर्न बाध्य भयो । रोमाको जीतमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल नै युभेन्टसका लागि सान्त्वना बन्यो ।

जीतसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्को सिजनको युरोपा लिग खेल्ने पक्का भइसकेको छ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको छ ।

प्रतिक्रिया