आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीपछिको वेष्ट इण्डिजविरूद्धको टेस्ट सिरिजमाथि इङ्ल्याण्डको कब्जा

प्रकाशित
415
SHARES

काठमाडौँ । नोबेल कोरोना भाइरस कोभिड १९ को महामारी पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको पहिलो पटक अफिसियल रुपमा सुरु भएको इंग्लाण्डमा सुरु भएको वेष्ट इण्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिज माथि २-१ इंग्लाण्डले आफ्नो कोल्टोमा पारेको छ ।

ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज दोस्रो इनिङ्समा १ सय २९ रन जोड्दा अलआउट भयो । इंग्ल्याण्डका बलर चम्किएपछि वेष्ट इण्डिजका साई होपले सर्वाधिक ३१ रन बनाए । यस्तै जेर्मिने ब्लाकवुडले २३ तथा साम्रह ब्रुक्सले २२ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वोक्सले ५ तथा स्टुवार्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले यस खेलसँगै करियरको ५०० टेस्ट विकेट समेत पुरा गरेका छन् । ब्रोड यो उपलब्धि हासिल गर्ने सातौं बलर हुन् । उनले क्रेग ब्रेथवेटको विकेट लिँदै ५०० विकेट पार गरेका हुन् ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो । पहिलो इनिङ्समा वेष्ट इण्डिज १ सय ९७ रनमा अलआउट भएको थियो ।

पहिलो टेस्टमा वेष्ट इण्डिज ४ विकेटले बिजयी भएको थियो । तर, दोस्रो टेस्टमा १ सय १३ रनको जीत निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।

यस्तै २०२० इण्डियन प्रिमियर लिग आइपिएल टी-२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएई हुने भएको छ। आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलका अनुसार फाइनल नोभेम्बर ८ वा १० मध्ये एक दिन हुनेछ।

वर्षको टी-२० विश्वकप स्थगित भएसँगै आइपिएलका लागि बाटो खुलेको थियो। भारतीय क्रिकेट कान्ट्रोल बोर्डले आइपिएल युएईमा आयोजना गर्न सरकारसँग अनुमति मागेको छ। आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सरहमा हुनेछन्।

पटेलका अनुसार आइपिएलको आयोजनाको मितिलाई केहि दिनमै अनुमोदन गरिनेछ। प्रतियोगिताका लागि सबै फ्रेञ्चाइज टिमलाई स्वास्थ्य सुरक्षा सहित तयारी अवस्थामा रहन भनिएको छ।

युएई गएपछि क्वारेन्टिन बस्नु पर्ने नियम बाध्यकारी निमय छैन। युएई जानुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ। यस्तै त्यहाँ पुगेपछि अर्को परीक्षण हुनेछ। सो परीक्षणमा पनि नेगेटिभ नतिजा आए क्वारेन्टिनमा बस्नु पर्दैन।

युएईमा हुने आइपिएलको फाइनल नोभेम्बर ८ मा भए ५१ दिनमा ६० खेल हुनेछन्। आइपिएल लगत्तै भारतले अस्ट्रेलिया भ्रमण गर्ने तय छ। त्यसैले अस्ट्रेलियामा बस्नु पर्ने क्वारेन्टिनका लागि समय पुग्ने गरी आइपिएलको समापन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया