आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीका कारण डोनाल्ड ट्रम्पले चाले यस्तो गम्भीर कदम, विश्वभर हलचल

प्रकाशित
1.5K
SHARES

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गरका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट पारे।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा हुन् ।

अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दोस्रो स्थानमा ब्राजिलमा सबैभन्दा बढीको मृत्यु भएको छ भने भारतमा कोराना संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै गएको छ । संयुक्तराज्य अमेरिकामा दक्षिणी र पश्चिमी राज्यहरु टेक्सास, क्यालिफोर्निया, अलाबामा, इडाहो र फ्लोरिडामा सबैभन्दा बढी प्रभाव देखिएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिए । यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ । ज्याक्सनभिल्ले सम्मेलन आगामी अगष्ट २४–२७ मा हुँदैछ तर यो शहरमै अहिले कोरोना संक्रमितको संख्या दिनहुँ व्यापक रुपमा बढिरहेको छ ।

यस्तै अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित आफ्नो वाणिज्य दूतावास बन्द गराएलगत्तै चीनले पनि अमेरिकाबिरुद्ध आफ्नो कडा कदम चालेको छ। चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

यसअघि अमेरिकाले गत शुक्रवारसम्म टेक्ससको ह्यूस्टनस्थित आफ्नो वाणिज्य दूतावास बन्द गर्न बन्द गर्न निर्देशन दिएको थियो । त्यसको प्रत्युत्तरमा चीनले यस्तो निर्णय गरेको हो।

अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गर्न दिएको निर्देशन दिएपछि बेइजिङले राजनीतिक उक्साहटपूर्ण भन्दै विरोध जनाएको थियो । तर, अमेरिकी विदेश मन्त्रालयले बौद्धिक सम्पत्तिको रक्षाका निम्ति उक्त कदम चालिएको बताएको थियो ।

पछिल्लो समय चीन र अमेरिकाबीच तनावपूर्ण अवस्थाको सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले व्यापार र कोरोनाभाइरस महामारी लगायतका विषयलाई लिएर चीनमाथि आरोप लगाउँदै आएको छ । विश्वका २ शक्तिशाली राष्ट्रहरुबीचको बढ्दो तनावले बिश्वभर एक प्रकारको तरंग पिडा गरिदिएको छ ।

यसैबीच कोरोना भाइरस महामारीको कारण देखाउँदै फ्लोरिडामा हुने तय भएको रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख नाघेका बेला ट्रम्पले पार्टीको सम्मेलन गर्ने उपयुक्त समय नभएकाले तत्काललाई रिपब्लिकन सम्मेलन रद्द गरिएको जनाएका हुन् ।

उक्त सम्मेलनाई बैकल्पिक तरिकाले अघि बढाउने ट्रम्पले बताएका छन् । चार दिनसम्म चल्ने उक्त सम्मेलनलाई अब १२ घण्टामा सीमित गरिने जनाइएको छ । अब आउँदो अगस्ट २४ मा हुने १२ घण्टाको सम्मेलनले ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीको उम्मेदवार बनाउने औपचारिक घोषणा गर्ने जनाइएको छ ।

यता विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएको आरोपको खण्डन गरेका छन् ।अमेरिकी विदेशमन्त्रीले पोम्पिओले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।

बिहीबार जेनेभामा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले गब्रियसले भने, ‘उनको बयान गलत, अस्वीकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुलाई कसरी बचाउने भन्ने हो । यस्ता टिप्पणीले संगठनको ध्यान विचलित हुदैन ।’

अमेरिकाले लगातार डब्ल्युएचओको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । चीनको पक्षमा काम गरेको तथा तथा कोरोनाबारे बेलैमा सूचित गर्न नसकेको जस्ता आरोप लगाउँदै अमेरिकाले डब्ल्युएचओसँगको सम्बन्ध तोडिसकेको छ ।

प्रतिक्रिया