आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घण्टामा थपिए १३३ जना नयाँ कोरोना संक्रमित

प्रकाशित
609
SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका एकजना र सुनसरीका एकजना, कोशी अस्पताल विराटनगरमा झापाका ६ जना, मोरङका एकजना, सप्तरीका ७ जना र सुनसरीका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १९ जना, सुनसरीका ३ जना र मोरङका एकजना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, सर्लाहीका एकजना र पर्साका ३० जना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका एकजना, सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका एकजना, काठमाडौंका ५ जना, र उदयपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४जना, लमजुङका ३ जना, बाग्लुङका एकजना र तनहुँका एकजना संक्रमित भेटिएका छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा थरिएको परीक्षणमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पुर्वका ४ जना, रुपन्देहीका ४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जाजरकोटका एकजना र कालिकोटका २ जनामासंक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८ जना,सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया