आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण, १५६ डिस्चार्ज, थप विवरणसहित

प्रकाशित
1.1K
SHARES

काठमाडौं । नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको कोरोना परीक्षण गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २ जना,सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका २ जना र सप्तरीका ७ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १७ जना संक्रमित भएका छन् ।यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना र काठमाडौंका २ जना, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पर्वतका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एकजना संक्रमित भेटिएका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जना संक्रमित भेटिएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ जना र नवलपरासीका एकजना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र डोटीका ७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना, बझाङका एकजना र कंचनपुरका ३० जना रहेका छन् । डा गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया