आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना नियन्त्रणको विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

प्रकाशित
1K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड-१९)को सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापित देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका हुन् ।

सभापति देउवाले पीसीआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गर्दै अहिले पनि क्वारेन्टिनहरु मापदण्डअनुसार बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्तिसमेत जनाएका छन् । विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धारलाई पनि तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका छन् ।

साथै, अविरल वर्षासँगै बाढी पहिरोको प्रकोपमा परी ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोनाको मारमा परेका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनबाट अघि सारिएका मागलाई समेत गम्भीरतापूर्वक लिन सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यय्सैबिच कोरोना जोखिम न्यून भएको भन्दै केपी ओली सरकारले लक डाउन अत्य भएको घोषणा गर्यो। तर लकडाउन खुलेको २ दिन नबित्दै नेपालमा ३ जनाको कोरोनाबाटै मृत्यु भइसकेको छ ।

बिहिबार मात्रै नारायणी अस्पतालमा मृत्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् । थप ४ जनाको अवस्था गम्भीर छ ।

डा. सिंहका अनुसार मृत्यु भएका ति पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।

अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो । ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको डा सिंहले बताए ।

प्रतिक्रिया