आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु, ४ को अवस्था गम्भीर, कुन अस्पतालमा हुँदैछ उपचार ?

प्रकाशित
2.1K
SHARES

काठमाडौं । कोरोना जोखिम न्यून भएको भन्दै केपी ओली सरकारले लक डाउन अत्य भएको घोषणा गर्यो। तर लकडाउन खुलेको २ दिन नबित्दै नेपालमा ३ जनाको कोरोनाबाटै मृत्यु भइसकेको छ ।

बिहिबार मात्रै नारायणी अस्पतालमा मृत्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् । थप ४ जनाको अवस्था गम्भीर छ ।

डा. सिंहका अनुसार मृत्यु भएका ति पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।

अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो । ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको डा सिंहले बताए ।

‘हाम्रो अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना पोजेटिभ आएको छ, साउन ६ गते मृत्यु भएको थियो, ७ गते रिपोर्ट पोजेटिभ आयो,’ डा सिंहले भने, ‘उहाँको शव अस्पतालमै राखिएको थियो । कोरोना पोजेटिभ आएपछि अहिले आर्मीले शव व्यवस्थापन गर्दैछ ।’

डा सिंहका अनुसार मृतक पुरुषसँगै अन्य १७ जना व्यक्तिको पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । १७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् । सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ ।

बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर(सेल्फ पेड) परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए । अस्पतालमा उपचारार्थ भर्ना भएका ५ जनाको परीक्षण गरिएको हो ।

चिकित्सकका अनुसार भर्ना भएकाहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका हुन् । ‘४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ डा.उपाध्यायले भने, ‘संक्रमित १७ जनामध्ये कोही पनि क्वारेन्टाइनका हैनन् ।’

‘पेड टेस्ट’ सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । स्वेच्छाले परीक्षणका गराएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा विभिन्न पेसा व्यवसायमा संलग्न रहेका व्यक्ति छन् । डा. निरज सिंह वीरगन्जमा कोभिड १९ को समुदायमा फैलिन सुरु भइसकेको दाबी गर्छन् । ‘संक्रमितमा गम्भीर प्रकृत्तिको निमोनियाको लक्षण समेत दखिन थालेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ तीव्र बनाउन आवश्यक छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार ‘ट्राभल हिस्ट्री’बिनाका र कतिपय लक्षणसहितका संक्रमित समेत देखिएकाले निकै गम्भीर बन्नुपर्ने आवस्था सिर्जना भएको छ । ‘पेड टेस्ट’ सुरु नगरुन्जेल पर्सामा संक्रमित सबै निको हुँदै गएका थिए । नारायणी अस्थायी कोरोना अस्पतालमा मात्र २ जना संक्रमित भर्ना थिए । तर, पेड टेस्ट सँगै विभिन्न व्यक्तिहरुले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै गएको छ । उनले भनेका छन् ।

‘बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका अगाडी भनेका छन्, ‘लकडाउनको अन्त्यसँगै सबैतिर भीडभाड हुनुले ठूलो खतरा निम्त्याएको छ । हामीहरु अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौँ । तसर्थ भीडभाडमा नजाऔँ, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डको अनिवार्य रुपमा पालना गरौं ।’

प्रतिक्रिया