आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका–चीन सम्बन्ध चिन्ताजनक, ट्रम्पकाे यस्ताे एक आदेशले चीनभर हलचल

प्रकाशित
819
SHARES

काठमाडाैं । विश्वका २ शक्तिशाली राष्ट्रहरु चीन र अमेरिकाको सम्बन्ध झन् चिसो बनेको छ ।अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदैआएको छ । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तीव्र असन्तोष व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता गर्न चीनले अमेरिका समक्ष आग्रह गरेको बताए । उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रवक्ता वाङले भने, “यो अमेरिकाले एकपक्षीय रुपमा सञ्चालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गर्दछ ।

साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लङ्घन हो ।” उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवम् अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौँ भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ भने ।

ह्युस्टनस्थित स्थानीय सञ्चारमाध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए । ह्युस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुवाँ निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए ।

यसैबीच अमेरिकामा बुधबार ७.८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो।

शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। अमेरिकी भूगर्भ सर्भेले पृथ्वीको सतहभन्दा १० किलोमिटर तल केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ।

भूकम्पपछि त्यहाँको अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्काको तटीय क्षेत्रमा सुनामी आउन सक्ने जनाएको छ। उक्त चेतावनीपछि केही वस्तीमा सञ्‍चारमाध्यम, सामाजिक सञ्जालसहितबाट सचेत गराइएको छ।

स्थानीयस्तरमा सुनामीको चेतावनीसहित साइरन पनि बजाइएको छ। सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावित स्थानमा दक्षिण अलास्कासहितका क्षेत्र रहेका जनाएको छ।

प्रतिक्रिया