आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारले बल्ल जनताको पक्षमा गर्यो यस्तो निर्णय, क-कसले पाउदैछन् नगद राहत ?

प्रकाशित
6.5K
SHARES

काठमाडाैं । सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग गर्ने भएको छ। विपदमा एक जना सदस्यले ज्यान गुमाएमा परिवारलाई दुई लाख रूपैयाँ दिइने भएको छ। बुधबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विपद्का घटनामा परिवारका एक सदस्यको मृत्यु भएमा दुई लाख दिने घोषणा गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेको हाे।

‘कुनै परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख, सोही परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराइने,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राहत एकद्धार नीतिमार्फत उपलब्ध गराइने तर एकाघर परिवारका सबै सदस्यको मृत्यु भएमा भने सोको राहत कसैलाई उपलब्ध गराइने छैन।

मन्त्रालयले घर, बहाल, आवास, खाद्यान्न बाली तथा जग्गा जमीन वा पसल व्यवसायमा समेत नोक्सानी भएमा तत्कालका लागि पाँच जनाको परिवार भएमा १५ हजार र सो भन्दा बढी भएमा २० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

विपदका घटनामा परी खाद्यान्न तथा हाल बसोबार गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा नयाँ क्षतिपछि घर निर्माण गर्नुपर्ने र अर्को स्थानमा बसोबार गर्ने घर नभएको अवस्था भएमा प्रतिपरिवार १ लाखसम्म उपलव्ध गराइने भएको छ। राहत वितरण गर्दा सुत्केरी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र अपांगता भएकालाई प्राथमिकता दिई वितरण गर्ने पनि गृहमन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख एक गतेदेखि साउन ६ गते बिहानसम्म पहिरोले एक सय २३ जनाको ज्यान लिएको छ। बाढीले ६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ।

यसैबीच नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । धनुषाका ६० वर्षीय पुरुषको आज कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रयान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूष र सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ

प्रतिक्रिया