आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्याम्पस सञ्चालन हुनेबारे त्रिविले दियो अत्यन्तै महत्वपूर्ण जानकारी, हेर्नुहोस सुचनासहित

प्रकाशित
841
SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु सञ्चालनबारे त्रिविले अत्यन्तै जरुरी जारीगरेको छ । सरकारले करिब ४ महिना लामो खोल्ने निर्णय गरेलगत्तै त्रिविले मंगलबार एक सुचना जारी गर्दै क्याम्पस सञ्चालन गर्नेबारे सुचना प्रकाशित गरेको हो । त्रिभुवन विश्वविद्यालय रष्ट्रिारको कार्यालय सुचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले जारी गरेको सुचनामा साउन ७ गतेदेखि क्याम्पस सञ्चालन हुने भएका छन् ।

सुचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचतेना अपनाई पूर्वतयारी एवं सतर्कता अवलम्वन गर्न आवश्यक रहेकोले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस–विभागहरुमा सञ्चालित नियमित कक्षा तथा परीक्षा लगायत सम्पुर्ण शैक्षिक गतिविधि स्थगित गरी शिक्षक,

कर्मचारी तथा विद्यार्थीहरुलाई विदा दिइ सबै क्याम्पस–कार्यालयहरु २०७६ चैत्र १० गतेदेखि बन्द गरिएको र नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण लकडाउन कायम रहनुञ्जेलसम्मका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेकोमा विश्वविद्यालयलको प्रशासन २०७६ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई सार्वजनिक विदा दिइदै आएकोमा

२०७७ साउन ६ गते मध्यरातिदेखि नेपाल सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरकोले उक्त सार्वजनिक विदा पनि समाप्त भएको हुँदा विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सबै कार्यहरु सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्वन गर्दै २०७७ साउन ७ गतेदेखि सुचारु हुने भएको हुँदा सम्वन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया