आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लामो दुरीका यातायात खोल्ने सरकारको निर्णय

प्रकाशित
805
SHARES

काठमाडौँ । सरकारले लामो दुरीका यातायात खोल्न दिने निर्णय गरेको छ । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै त्यस्तै निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु पनि सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ ।

तर सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

तर, जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको असहज परिस्थितिमा स्वदेश आउनै पर्ने नागरिकहरूलाई भने तोकिएबमोजिम स्थलमार्गबाट प्रवेश दिइने प्रवक्ता खतिवडाले बताए । उनले जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिए । उनका अनुसार मालसामान ढुवानीको व्यवस्थालाई भने यथावत राखिएको छ ।

प्रतिक्रिया