आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँ उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

प्रकाशित
1.7K
SHARES

काठमाडौं । काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

आज कहाँ कति थपिए ?
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका २ जना, सर्लाहीका एकजना र उदयपुरका ८ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना र सप्तरीका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ संक्रमित भएका छन् ।

यस्तै भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका ४ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा महवनपुरका ५ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका एकजना र रामेछापका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका एकजना, कैलालीका एकजना, काठमाडौंका ८ जना, महोत्तरीका एकजना, नुवाकोटाका एकजना र सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका ३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना र दाङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सल्यानका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ९ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना संक्रमित भएका छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, बझाङका ४ जना र कंचनपुरका २० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रतिक्रिया