आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप १५० जनामा संक्रमण पुष्टि, १२ हजार ४७७ ले जिते कोरोना

प्रकाशित
632
SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

२७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ । नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १५० संक्रमित थपिएको मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनले हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ रहेको पनि जानकारी दिए । १२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए ।

अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।

क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया