आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बीपीको समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशिल- सभापति देउवा

प्रकाशित
587
SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा मंगलबार उनले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताएका छन् ।

यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्‍याउँदैन भन्ने गगरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका छन्।

उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता हो भनेका छन् ।

बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी थिए । उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेका थिए । काँग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियताप्रति प्रश्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपति भण्डारीले चासो देखाउँदै सक्रियता बढाउनुले राष्ट्रपति संस्थाको तटस्थ भूमिकाप्रति नै प्रश्न उठ्ने गरेको उनले बताए।

वीपी कोइरालाको ३८ औं स्मृतिमा मंगलबार वीपी युवा नेतृत्व विकास मञ्चले गरेको कार्यक्रममा महामन्त्री कोइरालाले राष्ट्रपतिका यस्तै भूमिका र क्रियाशीलताले जनतामा गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भन्ने भ्रम पर्न सक्ने पनि उल्लेख गरे।

‘राष्ट्रपति त तटस्थ हुनुपर्‍यो, राष्ट्रपतिले यसरी हस्तक्षेप गरेर जानुभएन,’ उनले भने, ‘उहाँ त राष्ट्रपति नेपालको होइन कि नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रपति भएर जानुभयो, यो गलत हो भन्ने मेरो धारणा हो।’ केही जमातले राष्ट्रपतिको सक्रियतालाई लिएर कमसेकम राजा त तटस्थ हुन्थे भन्न थालेको पनि कोइरालाले बताए।

प्रतिक्रिया