आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बार्सिलोना पर्दा पछाडि आत्मालोचना गर्दैछ– कप्तान मेस्सी

प्रकाशित
843
SHARES

काठमाडौं । स्पेनिस ला लिगाको अन्तिम खेलमा फराकिलो जीत हात पारेको बार्सिलानाका कप्तान लियोनल मेस्सीले अहिले क्लबमा आन्तरिक छलफल चलिरहेको बताएका छन् ।

बिहीबार राति ओसासुनेसँगको २–१ गोलको हारसँगै उपाधि भिडन्तबाट पछि परेको बार्सिलोनाका अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सीले क्लबको प्रदर्शनलाई लिएर टीममै छलफल भइरहेको बताएका हुन् ।

ओसासुनेसँगको हारपछि आफ्नै टीमसँग आलोचनात्मक रुपमा प्रस्तुत भएका मेस्सीले ला लिगाको अन्तिम खेलमा अल्भाससँग राम्रो खेलेको भन्दै टीमको बचाउ गरेका छन् । बार्सिलोनाले आइतबार राति अल्भासलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

‘हामीले मुख्य कुरा गरिरहेका छौं, पर्दा पछाडि आफ्नै आलोचना भइरहेको छ जुन स्वाभाविक हो,’ कप्तान मेस्सीले भने, ‘यो सिजन हाम्रा लागि सम्झनलायक रहेन नत नतिजामा न प्रदर्शनमा । आज हामीले एटिच्युट र कमिटमेन्टमा केही सुधार गर्‍यौ ।’

मेस्सीले आफ्नो टीमले इच्छाशक्तीका साथ खेल्दा सधै बलियो रहेको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता दिने बताएका छन् । अहिले देखिएका समस्याहरुलाई च्याम्पियन्स लिगमा नापोलीसँगको खेल अगाडि नै समाधान गर्नु पर्नेमा मेस्सीले जोड दिएका छन् ।

यस्तै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

चेल्सीलाई जीत दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एकएक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ७४औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनायो । त्यसपछि खेलको ८६औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३-१ ले विजयी भयो । अब चेल्सीले उपाधिका लागि आर्सनलसँग अगष्ट १ मा वेम्बलीमा खेल्नेछ ।

प्रतिक्रिया