आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाको राजनीतिमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुःखद- शेखर कोइराला

प्रकाशित
1.2K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद भएको बताएका छन् । नेता कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने पनि बताएका छन् । आज ट्वीट गर्दै नेता कोइरालाले राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो ।’

नेकपा नेताहरुलाई पटक–पटक शितल निवास बोलाएर नेकपाको विवाद समाधानको पहल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना हुँदै आएको छ । शनिबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेकपा नेताहरुले राष्ट्रपतिलाई साक्षी राखेर विवाद समाधानको प्रयास गरेका थिए ।

यस्तै नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको तालिकानुसार राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।

हालसम्म ६७ जिल्लामा समायोजन सम्पन्न भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । समायोजन हुन बाँकी जिल्लामा समायोजनका लागि समयावधि थपिने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै यही साउन १० गतेभित्र समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने मिति निर्धारण गरेको थियो ।

सो बैठकले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशनको मिति कायम राख्दै समायोजन, कियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो ।

पछिल्लो तालिकानुसार गत असार २५ गतेदेखि यही साउनसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने समय तोकिएको छ ।

प्रतिक्रिया