आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं उपत्यकाका नदीहरु बाढीले भरिएपछि मौसम बिभागले दियो आकस्मिक चेतावनी, सबैले हेरौ

प्रकाशित
1.9K
SHARES

ललितपुर । काठमाडौं उपत्यकाका नदीनालाहरुको बाढीले भरिएका छन् । पछिल्लो ३ घण्टाको वर्षातका कारण बढेको जल सतहको कारण काठमाडौं उपत्यकाका विष्णुमती, मनोहरा, हनुमन्ते खोलाकाृ जलसतह बढिरहेकाले विहानभर तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी सूचनाले जानकारी गराएको छ । विहान ५ बजे सूचना जारी गर्दै काठमाडौं उपत्यकामा विहानको थप ३ घण्टा सचेत हुन आग्रह गरिएको छ ।

वर्षाको समयमा विशेषगरी उपत्यकाको बागमती, विष्णुमती नदी, हनुमन्ते, मनहरा,धोबीखोला, गोदावरी,टुकुचा लगायत अन्य खोलाको आसपास क्षेत्रका बस्ती डुबानमा पर्ने गर्छ। काठमाडौं महानगरपालिका वडा १० र २९ क्षेत्रको अनामनगरको देवीनगरमा पनि धेरै बाढीबाट प्रभावित हुने गर्दछ। अहिले पनि जोखिम देखिन्छ। २०७६ सालको ठूलो वर्षामा कलंकी, मैत्रीनगर र खसीबजार डुबानमा परेको थियो। सोही क्षेत्रमा अहिले पनि उच्च जोखिममा छ।

काठमाडौं महानगरपालिकाका विपद व्यवस्थापन महाशाखामा कार्यरत नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीले बाढी पहिरोलाई नजिकबाट नियालिरहेको बताए। ‘वर्षा लागेपछि विभिन्न क्षेत्रका बस्तीहरु डुबानमा पर्ने गरेको छ,’ उनले भने, ‘हामीले नजिकबाट नियाल्दै छौँ। स्थानीयवासीलाई सचेत पनि गराउँदै छौँ।’

मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एकाध ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ ।

बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ । विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ । यस्तै परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ ।

त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आरूण खोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । डडेल्धुरा जिल्ला रंघुन -पन्टुरागाड नदीजलाधारमा अति भारी वर्षा मापन भएपछि विभागले एसएमएस पठाएर अलर्ट गराएको छ ।

त्यस क्षेत्रमा थप बर्षा हुने भएकाले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा खतरा आसपासको बाढीको सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार मुलुकभर बुधबारसम्म वर्षा भइरहने पूर्वानुमान गरिएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया