काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी बैतडीले पार्टी केन्द्रिय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र अनेमसंघ नेतृ पूर्णिमा धामीलगायत गिरफ्तार सबैलाई रिहा गर्न माग गरेको छ ।
जिल्ला इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले शनिबार एक बिज्ञप्ति जारी गर्दै आधारभूत लोकतान्त्रिक मूल्यमान्यता र अवधारणाको समेत धज्जि उडाउँदै अमानवीय, गैरन्यायिक ढंगले दमन, गिरफ्तारी, धरपकड र झुठा मुद्दा लगाउने षड्यन्त्र बन्द गर्न समेत ओली सरकारसँग माग गरेका छन् ।
यहिं असार ३१ गते गिरफ्तार गरिएका हाम्रो पार्टीका आदरणीय केन्द्रिय सदस्य एवं सेति महाकाली व्युरो इन्चार्ज क.ओम प्रकाश पुन, व्युरो सदस्य क.पूर्णिमा तथा विगत ६ महिना लामो समय देखि वैतडी जिल्लाको गैर न्यायिक हिरासतमा रहनुभएका युवा संगठन,नेपालका तत्कालीन जिल्ला अध्यक्ष क.लोकेश धामी र करण ऐरलाई तत्काल स-सम्मान रिहाईको माग गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।
नचाहँदा नचाहँदै पनि दलाल सामाजिक फासिवादी सरकारले प्रतिरोध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य बनाएको भन्दै नेकपा बैतडीले क्रमश: साउन ४ गते कोण सभा, ५ गते मसाल जुलुस, ६ गते सूदुरपश्चिम प्रदेश वन्द र ७ र ८ गते सरकारी सवारी साधनहरु माथिको प्रतिवन्ध कार्यक्रम घोषणा गरेको छ ।
उक्त प्रतिरोधात्मक कार्यक्रम सफलताका साथ सम्पन्न पार्नका लागि आम किसान, मजदुर, युवा, विद्यार्थी, व्यापारी, व्यवसायी, शिक्षक, वुद्विजिवि,कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा सम्पुर्ण देशभक्त राष्ट्रवादी, प्रगतीशिल व्यक्तित्वहरुमा नेकपाले हार्दीक आग्रह गरेको छ । साथै वन्दका कारण पर्न जाने असुविधा प्रति दु:ख व्यक्त गर्दै वन्द उल्लंघनका क्रममा हुन जाने क्षतीको जिम्मेवारी स्वयं उल्लंघनकर्ता रहने जानकारी समेत विज्ञप्ति मार्फत नेकपाले जनाएको छ ।
‘हामीले नचाहँदा नचाहँदै पनि दलाल सामाजिक फासिवादी सरकारले प्रतिरोध संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य बनाएको छ । जसअर्न्तगत क्रमश: साउन ४ गते कोण सभा, ५ गते मसाल जुलुस, ६ गते सूदुरपश्चिम प्रदेश वन्द, ७ र ८ गते सरकारी सवारी साधनहरुमाथिको प्रतिवन्ध कार्यक्रम सफलताका साथ सम्पन्न पार्नका लागि किसान, मजदुर, युवा, विद्यार्थी, व्यापारी, व्यवसायी, शिक्षक, वुद्विजिवि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार मित्रहरु लगायत सम्पुर्ण देशभक्त राष्ट्रवादी, प्रगतीशिल व्यक्तित्वहरुमा हार्दीक आग्रह गर्दछौं। साथै वन्दका कारण पर्न जाने असुविधाप्रति दु:ख व्यक्त गर्दै बन्द उल्लंघनका क्रममा हुन जाने क्षतीको जिम्मेवारी स्वयं उल्लंघनकर्ता रहने जानकारी समेत यसै विज्ञप्ति मार्फत् गराउँन चाहन्छौं ।’ बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया