आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् कोरोनामुक्त भएका नेपालमा ७ जिल्ला

प्रकाशित
1.3K
SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार नेपालका ७ जिल्लामा कोरोना भाइरसको संक्रमण शुन्य रहेको छ । केही दिन अघिसम्म मुलुकका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिए पनि हालसम्म नेपालका ७ जिल्ला कोरोना भाइरस मुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयको पछिल्लो विवरणअनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । हाल यी जिल्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन्। यी सात वटै जिल्लामामा रहेका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ । सक्रिय एउटा पनि केस नभएका जिल्लामा भोजपुर, पाँचथर,रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए । यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया