आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसमसम्बन्धी आयो यस्तो नयाँ अपडेट

प्रकाशित
435
SHARES

काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेको छ ।

ती जिल्लामा थप वर्षा हुने सम्भावना रहेको तथा ती स्थान आसपास भई बहने स-साना नदीमा आकस्मिक बहाव अर्थात बाढी, कतिपय भू-भागमा डुबान र पहिरोकोसमेत जोखिम उच्च भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम सोमबारसम्म नै जारी रहने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

त्यस्तै तराईको सीमावर्ती क्षेत्रमा भने भारतले बनाएको सडकसहितका बाँधले कतिपयस्थान डुबानमा पार्ने गरेको छ । कतिपय स्थानमा भारतले सम्झौताअनुसारको तटबन्धसमेत बनाएको छैन । कोभिड–१९ का कारण नेपाल भारतको संयुक्त समितिको बैठक बस्न नसकेकाले केही निर्णय गर्न सकिएको छैन । नेपालतर्फ भने एक हजार २६ किलोमिटर तटबन्ध बनिसकेकाले धेरैजसो स्थानमा यसपटक डुबान नहुने यादवले बताए । तर सावधानी अपनाउन भने उहाँले स्थानीयलाई अनुरोध गर्नुभएको छ ।

मौसम विज्ञान विभागका अनुसार साउन ४ गतेपछि मुख्यगरी प्रदेश नं १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदूपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा अति भारी वर्षा हुनेछ ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, नारायणी, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ ।

केही नदी सतर्कता तह आसपास पुग्नेछन् । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ ।

प्रतिक्रिया