आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप ५७ जनामा कोरोना पुष्टि, पछिल्लो २४ घण्टामा १०३ जना संक्रमणमुक्त

प्रकाशित
842
SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ ।

सक्रिय एउटा पनि केस नभएका जिल्लामा भोजपुर, पाँचथर,रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए । यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया