आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निवासबाटै आफ्ना नेतालाई प्रहरीले गिरफ्तार गरेपछि युवाले निकाल्यो यस्तो बिज्ञप्ति

प्रकाशित
691
SHARES

काडमाडाैं । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालले आफ्ना केन्द्रिय सदस्य सोनाम सिंहलाई बिना कारण निवासबाटै गिरफ्तार गरेको भन्दै आक्रोश व्यक्ति गरेको छ । साथै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।

संगठनका केन्द्रिय उपाध्यक्ष दिनेशले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सिंहलाई अषार २४ गते राति मकवानपुरको मनहरी नगरपालिका वार्ड नम्बर ३ स्थित आफ्नै निवासबाट विनाकारण गिरफ्तार गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

‘नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन, नेपाल केन्द्रिय समितिका सदस्य कमरेड सोनाम सिंह ‘बल’लाई कथित कम्युनिस्ट फासिवादी सरकारको नलायक गृह – प्रशासनले ०७७ अषाढ २४ गते राति मकवानपुरको मनहरी नगरपालिका वार्ड नम्बर ३ आफ्नै निवासवाट विनाकारण गिरफ्तार गरेको घटनाप्रति केन्द्रिय समितीको ध्यानाकर्षण हुनुका साथै संगठन निन्दा एवं घोर भ्रत्सना गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।

सोनाम केहिदिन यता शारीरिक अस्वस्थता र कोभिड – १९ को वन्दावन्दिका कारण आफ्नै निवासको एकान्तवासमा आराम गरिरहेकाे अवस्थामा सामाजिक फासिवादी सरकारले सामान्य मानविय चेत नै नराखि अमानवीय तरिकाले गिरफ्तार गरेकाे बिज्ञप्तिमा उल्लेख छ । गिरफ्तार गरिएका सोनामलाई विनासर्त स – सम्मान यथासिघ्र रिहा गर्न संगठनले जोड्दार माग गरेकाे छ ।

‘कमरेड सोनाम केही दिन यता शारीरिक अस्वस्थता र कोभिड – १९ को वन्दावन्दिका कारण आफ्नै निवासको एकान्तवासमा आराम गरिराख्नु भएको थियो । सामाजिक फासिवादी सरकारले सामान्य मानविय चेत नै नराखि गिरफ्तार गर्नु अमानवीय कार्य हो । रास्ट्र र जनताको लागि लड्ने क्रान्तिकारीहरुलाई रास्ट्रघाती दलालहरुको राज्य आतंक, गिरफ्तारी , जेल र यातनाले क्रान्तिकारी युवाहरु गल्ने र थाक्ने छैनन वरु एकीकृत जनक्रान्तिले झन स्पातिलो र चट्टानी बन्नेछ्न । गिरफ्तार पर्नुभएका कमरेड सोनामलाई विनासर्त स – सम्मान यथासिघ्र रिहा गर्न संगठन जोड्दार माग गर्दछ अन्यथा उत्पन्न हुने परिस्थितिको स्वयम् दलाल राज्य जिम्मेवार हुनुपर्ने छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया