आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ला लिगाको उपाधि रियल मड्रिडलाई

प्रकाशित
583
SHARES

एजेन्सी ।  रियल मड्रिडले एक खेल अगावै यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जीतेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधी जितेको हो ।

यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो। यस अघि सन् २०१६/१७ को सिजन रियलले उपाधि जितेको थियो। अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए।

पहिलो हाफको २९ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे । खेलको ७७ औँ मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । खेलको ८३ औँ मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २–१ ले विजयी भयो ।

यस्तै खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन। भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो। रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ। ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ ।

यस्तै स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमै बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग पराजित भएको हो ।

खेलको १५औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए । ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए । त्यसअघि खेलको ७७औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ । बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । रियलको ८६ अंक रहेको छ ।

हारपछि लियोनल मेस्सीले सोचे अनुरुप खेल्न नसकेको बताएका छन्। हारमा आत्मआलोचना गर्दै उनले आफूहरुले जीतका लागि खेल्नु पर्ने बताएका छन्। ‘हामी सबैले सबैदृष्टीबाट केही आत्मआलोचना गर्न आवश्यक छ। हामीले बार्सा हौँ र हामीले जुन सुकै टिमहोस्, जीत्न पर्छ।’

प्रतिक्रिया