आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कास्कीमा पहिरोबाट एकै परिवारका ३ जनाको ज्यान गयो

प्रकाशित
1.4K
SHARES
klx/f]n] 3/df Iflt bdf}nL, @* c;f/ M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–! gofFufpFdf zlgaf/ /flt em/]sf] klx/f]n] Iflt k'u]sf] 3/ . klx/f]n] dfgjLo Iflt eg] ePsf] 5}g . t:jL/ M s[i0f Gof}kfg]÷ /f;;

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान पौने ६ बजेतिर पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठसहितको टोलीले घटनास्थलको अवलोकन गरेको छ । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ । यस्तै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।

यसैगरी, हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ ।  यस्तै, आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिको मौसम देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना र गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्नेछ ।

प्रतिक्रिया