आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाबाट छुटकारा पाएको चीनलाई फेरी अर्को ठुलो संकट, १ सय ४० जनाको मृत्यु

प्रकाशित
2.1K
SHARES

काठमाडौं । कोरोना महामारीपछि चीनमा अर्को ठुलो संकट आइपरेको छ । मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको छ । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् । दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।

चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।

चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बुधबारबाट भने याङ्ग्त्जी नदीको मध्य र तल्लो तटीय क्षेत्रमा जल सतह विस्तारै घट्दै गएको जल संशाधन मन्त्रालयले जनाएको छ ।

चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ताकि दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउन सकियोस् ।

बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पुर्‍याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ । चिनियाँ अधिकारीहरुले यो बाढी र डुबानले चीनको विकासमा कुनै असर नपर्ने बताएका छन् ।

यस्तै विश्वभर महामारीको रुप लिंदै गइरहेको कोरोना भाइरस सबैभन्दा बढी अमेरिकामा फैलिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसैगरी गत २४ घण्टामा अमेरिकामा ९ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।

यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ । अमेरिकामा सबैभन्दा धेरै संक्रमित लसएन्जलसमा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको ड्यास बोर्डमा उल्लेख छ ।

यस्तै विश्वभर १ करोड ३९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ । एकै दिन २ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । शुक्रबार यो समाचार तयार पार्दासम्म निको भएका ८२ लाख ६८ हजार ४६९ जनामध्ये २ लाख ३७ हजार १२७ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार १६३ जनाको मृत्यु भएको छ । २६ लाख २८ हजार ७९५ जना संक्रमित भएकोमा १५ लाख ५८ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९१ हजार ६७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४३ लाख ६ हजार ६८९ पुगेको छ । त्यसमध्ये २० लाख २१ हजार २०२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७५ हजार २०१ जनाको मृत्यु भएको छ । ३१ लाख ९४ हजार ३९२ जना संक्रमित भएकोमा २२ लाख ५२ हजार ६२२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १२ हजार २४५ जनाको मृत्यु भएको छ । ३१ लाख १३ हजार ९९६ जना संक्रमित भएकोमा २० लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ३९९ जनाको ज्यान गएको छ भने ६ लाख ६७ हजार १४९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ४६ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७९ जना संक्रमित भएकोमा ९ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया