आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनसरी सीमावर्ती क्षेत्रमा दोहोरो गो’ली हा’ना’हान, दुई जना घाइते

प्रकाशित
534
SHARES

सुनसरी । सुनसरीमा प्रहरी र भारतीय तस्कर समूहबीच झ’ड’प भएको छ । जिल्लाको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका ३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गो’ली हा’ना’हान भएको हो । झ’ड’पमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फ’रार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा देवानगन्ज २ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ । भारतीय क्षेत्रबाट बीआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गो’ली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए ।

ह’ति’यार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गो’ली चलाएको प्रहरी उपरीक्षक थापाले बताए । सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झ’ड’प भएको प्रहरीले जनाएको छ । तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गो’ली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।

तीन जना भारततर्फ फरार भएको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएका र फरार भएका तस्कर, ला’गुऔ’षधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ । पुर्वी तराईका विभिन्न जिल्लामा भारतीय तस्करहरुले हतियार देखाई नेपालीहरुलाई लुटपाट समेत गर्ने गरेका छन् ।

बिगतमा पनि प्रहरी र भारतीय तस्करबीच पटक पटक झडप भएका छन् । केहि समय अगाडी राैतहटमा प्रहरी र भारतीय तस्करबीच गो’ली हानाहान भएकाे थियो। घटानामा एक जना घाइते भएका थिए। प्रहरीको गो’ली लागेर घाइते भएका भारत मोतिहारी जतौलिया ग्राम पन्चायत ४ का शेख चाँद अलीलाई नियन्त्रणमा लिएको थियो ।

इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल-भारत सीमा बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको थियो। त्यति बेला पनि प्रहरीले एउटा कटुवा पेस्तोल र एक राउण्ड गोली र खोका बरामद गरेको थियो।

प्रतिक्रिया