आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिन्धुपाल्चोकमा पहिरोले दुई घर बगायो, पाँच जना बेपत्ता

प्रकाशित
1.8K
SHARES

काठमाडौँ । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी जलविरे बाढी मापन केन्द्रका अनुसार एक्कासी जलसतह १ मिटर बढेर बाढी बढ्दो क्रममा रहेको छ ।

यस्तै सिन्धुपाल्चोकको बाह्रबीसेस्थित भोटेकोशी नदीमा पनि एक्कासी बाढी आएकाले ती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेमै गत असार २४ गते बाढीपहिरो जाँदा २० जना बेपत्ता भएका थिए । यसैबीच मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आज दिउँसो र राति भारी वर्षाको सम्भावना छ ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापन कार्यमा कुनै कमी नगरिने बताएका छन् । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिहरुसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । जाजरकोटमा बाढी, पहिरोबाट पीडित भएकाहरुको उचित व्यवस्थापनको माग गर्दै उनीहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए । उनले बाढीपीडितहरुका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तीव्रता दिने जानकारी गराए ।

मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । ४३ जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तिव्रता दिँदै आएको छ । यस्तै मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया