आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो छ आजको मौसम पूर्वानुमान, यी स्थानहरुमा हुनेछ बर्षा

प्रकाशित
730
SHARES

काठमाडौं । नेपालमा मनसुनी वायु सक्रिय हुँदा मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिणतिर सरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । मौसमविद गंगा नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आगामी तीन दिनलाई खासै छैन ।’

मौसमविद नगरकोटीका अनुसार अहिले पनि प्रदेश नं. १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ । गण्डकी प्रदेशमा पर्ने लमजुङको खुदीबजार र बेशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब तथा कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ ।

‘भारी वर्षा सबै ठाउँमा होइन, एक–दुई ठाउँमा हुनसक्छ,’ मौसमविद नगरकोटी भन्छिन्, ‘जस्तै– आज दिउँसो प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।’

काठमाडौं उपत्यकाका केही स्थानहरुमा मात्र हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । तर उपत्यकाका सबै स्थानमा वर्षा नहुने मौसमविद नगरकोटीले बताइन् । काठमाडौं उपत्यकामा मंगलबार दिउँसो घाम लागेको थियो भने साँझपख पानी परेको थियो । बुधबार बिहान भने बादल लागेको छ ।

यसअघि असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया