आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा कोरोना महामारी बढीरहेका बेला डब्ल्यूएचओले दियो अर्को डरलाग्दो चेतावनी

प्रकाशित
441
SHARES

काठमाडौं । देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ खतरनाक ढंगले संक्रमण बढीरहेको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा कतिपय देश गलत दिशामा हिँडिरहेका छन् ।’ कोरोना भाइरसलाई ‘मानिसको नम्बर एक शत्रु’ बताउँदै उनले, तर कतिपय देशका सरकार र त्यहाँका नागरिकहरुले सावधानी नअपनाएको बताए ।

धेरै देशहरुमा भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको भन्दै उनले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिए । उनले भने, ‘यदि आधारभूत कुरामा पनि ध्यान दिइएन भने महामारी लगातार बढ्ने छ र स्थिति झन् पछि झन् खराब हुँदै जाने छ ।’

तर केही नेताहरुले उल्टै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमण रोक्न नसकेको भनेर आरोप लगाउने गरेको गेहब्रेयससले बताए । यसो भन्दै गर्दा उनले कसैको नाम त लिएनन् तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गरेको अनुमान कतिपयले गरेका छन् ।

डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन् । डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा गर्दै ट्रम्पले आर्थिक सहायतासमेत कटौती गरेका छन् । उता कोरोना भाइरसको महामारीले अमेरिकामा ३४ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६५ हजार ४८८ जना संक्रमित भएसँगै अमेरिकामा संक्रमितको संख्या ३४ लाख ७९ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४६५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २४७ पुगेको छ ।

कुल संक्रमितमध्ये १५ लाख ४९ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख ९१ हजार ७६७ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नागरिकलाई पसल जानु अगाडी अनुहार छोप्नु पर्ने उल्लेख गर्दै जुलाई २४ सम्म यसलाई अनिवार्य गर्ने बताएका छन् ।

बेलायतमा जुन १ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको थियो । अनुहार छोप्नुले वरिपरीका ब्यक्तीहरुलाई महामारीबाट बच्न मद्दत गने प्रमाण रहेको डाउनिंग स्ट्रिटका प्रवक्ताले बताए ।

यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा रेस्टुरेन्ट, बार र थिएटर पुन बन्द गरिएको छ । अमेरिकामा कोरोना संक्रमण संख्यामा अत्यधिक बृद्धी जारी रहेकोले उक्त कदम चालिएको हो ।

अमेरिकाको सबैभन्दा धेरै आवादी भएको यस राज्यमा अहिलेसम्म करिब ८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ३४ लाख ४१ हजार संक्रमित भइसकेका छन् भने १ लाख ३७ हजार ९ सय ४७ को मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना खोपको उत्पादन यसै बर्ष अगस्टको सुरुवाटसम्ममा शुरु गर्न सकिने सीएनएनले जनाएको छ । अमेरिकी प्रशासनले मे मा स्वास्थ्य तथा रक्षा विभागसँग मिलेर खोपको उत्पादनका लागि काम थालेको थियो । यसको उद्देश्य सन् २०२१ जनवरी सम्ममा ३० करोड डोज तयार गर्नु हो ।

अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ६ लाख नाघेको छ । पछिल्लो केही समययता अफ्रिकामा निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अफ्रिकामा एक साताअघि मात्र अफ्रिकामा कोरोना भाइरसको संक्रमित संख्या पाँच लाख कटेको थियो । तर, अहिले यो संख्या बढेर ६ लाख १० हजार नाघिसकेको छ ।

अफ्रिकामा सबैभन्दा बढी कोरोना संक्रमित दक्षिण अफ्रिकामा देखिएका छन् । यो मुलुकमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ८७ हजार कोरो संक्रमित फेला परिसकेका छन् । यसैबीच अफ्रिकामा इबोलाको संक्रमण पनि बढ्न थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिलेसम्म कंगो गणतन्त्र र मध्य अफ्रिका गणतन्त्रको सीमाक्षेत्रमा इबोलाका करिब ५० संक्रमित पुष्टि भएका छन् । डब्ल्यूएचओका आपतकालीन विशेषज्ञ माइक रयानले गत जुन महिनामा पहिलोपटक इबोलाको संक्रमित पत्ता लागेको जानकारी दिए । साथै डब्ल्यूएचओले यसलाई गम्भीर चासोको रुपमा हेरेको उनको भनाइ थियो ।

अहिले कंगोले दादुराको संक्रमणको सामना गरिरहेको छ । यो रोगको कारण अहिलेसम्म ६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साथै कोरोना भाइरसको कारण पनि यो मुलुकमा तीन हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने १८८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया