आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मेलम्ची आयोजनाको सुरुङमा कसरि घट्यो यस्तो घटना ? के भन्छिन खानेपानी मन्त्री बिना मगर

प्रकाशित
0.9K
SHARES

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो । परीक्षणका लागि हाल सुरुङमा पानी हालिएको छ ।

यसअघि पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरी अस्पताल पठाइएको र दुई जनाको भने खोजी कार्य भइरहेको छ । यसैबीच बाढी, पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट गएका पाँच दिनमा मात्रै ७ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

गत २५ असारदेखि २९ असारसम्मको प्रारम्भिक तथ्यांकअनुसार रौतहट, सप्तरी, संखुवासभा, लमजुङ, जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र झापामा गरी करिब १ हजार ४ सय ४० घरपरिवारका ७ हजार बढी व्यक्ति बसोवास कायम रहेको स्थानबाट अन्यत्र विस्थापित भएका हुन् ।

रौतहटमा डुबानका कारण ५ सय घरपरिवार विस्थापित हुँदा करिब २ हजार ५ सय व्यक्तिलाई अन्यत्र सारिएको हो । यस्तै, सप्तरीमा ३२ परिवार विस्थापित भएका छन् । संखुवासभामा ८२ घरपरिवारका ४ सय बढी व्यक्तिलाई सुरक्षित स्थानमा सरिएको छ ।

यसैगरी, लमजुङमा १० घर परिवारका ५० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । जाजरकोटमा २ सय ६ घर परिवारका १ हजार बढी व्यक्तिलाई अन्यत्र लगिएको छ । सिन्धुपाल्चोकमा ८५ घर परिवारलाई पहिराका कारण बसोबार रहँदै आएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, म्याग्दीमा ४ सय परिवारलाई जोखिम हेरेर सुरक्षित स्थानमा सारिएको छ । तराईमा बाढी तथा डुबानका कारण र पहाडमा पहिराका कारण धेरै परिवार विस्थापित भएका छन् । गृह मन्त्रालयका अनुसार प्रभावित जिल्लाहरूमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, रेडक्रससहितका संघसंस्थाको समन्वयमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरण गर्ने काम भइरहेको छ ।

२५ असारअघि भएको बझाङ घटनाका प्रभावितका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फत नै राहत सामग्री पठाइएको थियो । सोमबार मात्रै संखुवासभामा विस्थापित ८२ परिवारका लागि विराटनगरबाट राहत सामग्री हेलिकप्टरमार्फत पठाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेका जिल्लास्थित विपद् व्यवस्थापन समिति, स्थनीय तहअन्तर्गतका समिति, रेडक्रसलगायतका स्थानीय संघसंस्थाको समेत समन्वयमा घाइते तथा प्रभावितको उद्धार र राहत वितरणको काम अघि बढिरहेको बताए ।

उनका अनुसार नजिकैका क्षेत्रीय गोदामघर तथा जिल्लास्थित विपद व्यवस्थापन समितिमार्फत प्रभावित जिल्लामा राहत सामग्री पुर्‍याइएको छ । गृह मन्त्रालयका अनुसार २५ असारअघि बझाङ, पर्वत, गुल्मी र पाल्पामा भएका विपद्का घटनाबाट हजारौं व्यक्ति विस्थापित भएका छन् ।

मन्त्रालयले स्थानीय स्तरमा रहेका प्रहरी, स्थनीय संघसंस्था तथा रेडक्रसमार्फत विस्थापितको यकिन विवरण संकलन हुने क्रममा रहेको बताउँदै आएको छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् । मानवीय क्षति भने भएको छैन । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहनबहादुर खाँडले बताए ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् । प्रहरीका अनुसार बाटो खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो थामिएको छैन । राजमार्गअन्तर्गत दाउन्ने खण्डको १५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ससाना पहिरो खसिरहेका छन् ।

प्रतिक्रिया