आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनका बेला ट्रम्पलाई लाग्यो अर्को ठुलो झट्का, नौसेनाको जहाज विस्फोट, क्षतिको विवरणसहित

प्रकाशित
673
SHARES

काठमाडाैं । अमेरिकी नौसेनाको जहाज डिएगोमा विस्फोट हुँदा २१ जना घाइते भएका छन्। अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोटपछि आगलागी हुँदा २१ जना घाइते भएको सीएनएनले जनाएको छ ।

घटना स्थानीय समय अनुसार आइतबारको हो । अमेरिकी नौसेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच अमेरिकाको फ्लोरिडा राज्य कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्ने खतरा बढेको छ । फ्लोरिडामा एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या अमेरिकाभर पछिल्लो २४ घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या रहेको फ्लोरिडामा यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको छ।

फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणमा उल्लेख छ । फ्लोरिडामै पछिल्लो २४ घण्टामा थप ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

महामारी सुरु भएयता अमेरिकामा १ लाख ३७ हजारभन्दा बढी मानिसहरूको कोभिड-१९ ले मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५८ हजार २९० जना संक्रमित भएका छन् ।

६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६५९ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार १५१ पुगेको हो ।

ब्राजिलमा एकै दिन २५ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १८ लाख ६६ हजार १७६ पुगेको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८० हजार ५१३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया