आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निष्कासित सांसद सरिता गिरीले गरिन सर्वोच्चमा रिट दायर, को-को छन बिपक्षी ?

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् । सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले गिरीको रिट दर्ता भएको जानकारी दिए ।

गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाएकी छन् । पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उनले रिट दायर गरेकी हुन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् । पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।

नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको विरोधमा गिरी लागेकी थिइन् । उक्त संविधान संशोधन विधेयकमा उनले संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो ।

त्यस्तै, पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको अवस्थामा उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ,त्यसपछि पार्टीले छानबिन समिति गठन गरेर कारबाही गरेको थियो ।

यसैबीच साझा पार्टीले अन्य पार्टीसँग एकता खुला गर्ने तयारी गरेको छ । साझा पार्टीको आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अन्य पार्टीसँग एकता खुला गर्ने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गर्ने केन्द्रीय सदस्य महेश भण्डारीले जानकारी दिए ।

पार्टी एकता खुला गर्ने निर्णयप्रति साझाका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले फरक मत राख्दै आएका छन् । एकतामा गए आफूहरू पार्टीमा नरहने आचार्य र खनालले बताउँदै आएका छन् । दुबै जना आइतबारको केन्द्रीय कमिटी बैठकमा सहभागी छैनन् ।

गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । आचार्य र खनालले सोही भेलामा यो विषयमा फरक मत राखेका थिए । तर केन्द्रीय कमिटीले निर्णयलाई कार्यान्वयनमा लैजान लागेपछि उनीहरूले निश्चित समय पार्टीबाहिर रहेर रणनीतिक हिसाबले सहयोग गर्ने बताएका छन् ।

‘गएको फागुन १५ देखि १७ गते लुम्बिनीमा भएको बृहद भेलाले मन र मत मिल्नेसँग ध्रुवीकरण गर्ने निश्कर्ष निकाल्यो,’गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले भने, ‘त्यतिबेला नै उहाँहरूको फरक मत थियो । शुक्रबार बसेको सचिवालय बैठकले छुटेर गएका विवेकशील नेपालीसँग एकताका लागि औपचारिक प्रक्रिया अगाडि बढायो ।’

साझा पार्टीमा आचार्य नीति विभाग संयाेजक र खनाल संगठन प्रमुख थिए । ‘तर, दुबै कुरा असफल भएकाे आवाज पार्टीमा उठेकाे थियाे,’ भण्डारीले भने, ‘तर, उहाँहरूले याे कुरा स्वीकार गर्नुभएन । पार्टी एकतामै अघि बढ्याे ।’

केन्द्रीय सदस्य मुमाराम खनालले पार्टीभित्र डेढ वर्षदेखि फरक मत राख्दै, बहस गर्दै आएकाे बताए । ‘पार्टीभित्र फरक मत थियाे, बहस हुँदै आएकाे हाे । नेकपा, कांग्रेसजस्तै पार्टीलाई बनाउन खाेजियाे ।

त्यस्तै हामीले त्याेभन्दा माथि हुनुपर्छ भनेका हाैं,’ खनालले भने, ‘सानाे पार्टीकाे सानाे कुरा भनेर बहस बाहिर आएन । पार्टीमा राजनीति चलिराछ भन्ने बुझ्नुस् न ।’ उनले फरक मत राखे पनि पार्टीबाट बाहिरिने निर्णय गरिनसकेकाे बताए ।

प्रतिक्रिया