आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टीनिकट युवा संगठनका नेता भट्टलाई तत्काल रिहा नगरे संघर्षमा उत्रिने नेकपा बैतडीको चेतवानी

प्रकाशित
319
SHARES

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी बैतडीले पार्टीनिकट युवा संगठनका सेती-महाकाली ब्युरो इन्चार्ज कमल भट्ट (श्याम)लाई तत्काल रिहा गर्न माग गरेको छ । नेकपा बैतडीका इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले एक बिज्ञप्ति जारी गर्दै इन्चार्ज भट्टलाई शनिबार वैतडी जिल्लाको पाटन नगरपालिका वार्ड न. १० बाट जनसेवाको कार्यमा सहभागी भएका बेला  प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन्।

इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले भट्टलाई यथाशिघ्र स-सम्मान रिहा गर्न माग गरेका छन् । ‘राज्यद्वारा संचालित श्वेत आ’तंकप्रति निन्दा एवं तिव्ररुपमा घृणा व्यक्त गर्दै गिरफ्तार गरिएका करण ऐरी र पाटन न.पा. १० हतासमा जनसेवाको कार्यमा सहभागी युवा संगठन नेपालका सेति- महाकाली व्युरो ईन्चार्ज एवं जिल्ला सचिवालय सदस्य क.कमल भट्टलाई यथाशिघ्र स-सम्मान रिहाईको माग गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।

अन्यथा दलाल राज्यका स्थानीय तह विघटन हुने गरी पेचिला र सर्तरहित संघर्षका कार्यक्रमहरु अगाडी बढाउने घोषणा चेतवानी समेत नेकपाले दिएको छ । साथै उक्त पार्टीले राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी मित्रहरुलाई दलालहरुको उक्साहटमा नपरी राष्ट्र र जनताको हितमा काम गर्नका लागि हार्दीक आह्वान समेत गरेको छ ।

‘अन्यथा दलाल राज्यका स्थानीय तह विघटन हुने गरी पेचिला र सर्तरहित संघर्षका कार्यक्रमहरु अगाडी बढाउने घोषणायसै विज्ञप्ति मार्फत गर्न चाहन्छौं। साथै, राष्ट्र सेवक कर्मचारी,सुरक्षाकर्मी मित्रहरुलाई दलालहरुको उक्साहटमा नपरी राष्ट्र र जनताको हितमा काम गर्नका लागि हार्दीक आह्वान गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।

यता युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेशले पनि गिरफ्तार इन्चार्ज भट्टलाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार एक बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष दिनेशले सामाजिक फासिवादी दलाल सरकारको गृह – प्रशासनले विना कारण संगठनका नेता भट्टलाई गिरफ्तार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नले ओली सरकारको यस्तो फासिवादी कदमको निन्दा एवं घोर भ्रत्सर्ना गरेका छन् ।

प्रतिक्रिया