आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशभर बाढीपहिरोले बितण्डा मच्चाइरहेका बेला मौसमसम्बन्धि फेरी आयो यस्तो नया अपडेट

प्रकाशित
608
SHARES

काठमाडाैं । देशभर बाढीपहिराेले वितण्डा मच्चाइरहेका बेला जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिएकाे छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।

हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नम्बर १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

यसैबिच अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रहरी, स्थानीय युवा क्लब र गाउँलेको सहयोगमा बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको दुई दिन बित्दासम्म बाढी पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् ।

‘हामी बाँच्यौं, हराएकाको भोकभोकै खोजीमा जुटेका छौं । पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको मराङ्गको अवाङ, राम्चे क्षेत्रमा अहिलेसम्म राज्यको उपस्थिति देख्न नपाउँदा खिन्न भएका छौं,’ प्रगति युवा क्लव अर्वाङका अध्यक्ष रहेका चक्रबहादुर पुनले भने, ‘बाढीपहिरोबाट जोगिएका गाउँबाट युवालाई गुहार मागेर पहिरोमा खोतल्दै छौं । केहीको शव फेला परेको पनि छ ।’

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले खानाको व्यवस्था गरेका छन् ।

प्रतिक्रिया