आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनापछि विश्वभर नगदरहित कारोबारमा अकल्पनीय बृद्धि : आइएमएफ

प्रकाशित
1K
SHARES

काठमाडाैं । कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा अकल्पनीय बृद्धि भएको आइएमएफले जनाएको छ । ५२ वटा उदीयमान बजार एवं विकासशील मुलुकमा डिजिटल कारोबारमा के–कस्तो प्रगति भएको छ भनेर गरेको अध्ययनले वित्तीय सेवाको डिजिटलीकरणमा उल्लेख्य वृद्धि भएको आइएमएफले जनाएको छ ।

आइएमएफका अनुसार फिनटेक (वित्तीय प्रविधि)मा विगत चार वर्षमा नभएको उपलब्धि कोरोना महामारीपछिका दुई महिनामै प्राप्त भएको छ । लाइब्रेरिया, घाना, कुवेत, म्यानमारलगायतका मुलुकले डिजिटल कारोबार एवं मोबाइल मनी सेवाको शुल्क घटाइदिएर कारोबारको सीमा बढाएको पाइएको छ ।

फिनटेक अर्थात् वित्तीय प्रविधि अहिले शिक्षा, खुद्रा बैंकिङ, विप्रेषणलगायतका विभिन्न क्षेत्रमा विस्तार भइरहेको छ । फिनटेक स्टार्टअपबारे रियल टाइम जानकारी दिने कम्पनी सिबी इन्साइट्सले सन् २०१६ मा फिनटेकका २६ स्टार्टअपमा १७ अर्ब ४० करोड लगानी गरेको थियो ।

तिनै २६ कम्पनीको मूल्य २०१७ मा बढेर ८३ अर्ब ८० करोड पुगेको  र, सन् २०१८ सम्म आइपुग्दा यी फिनटेक फर्महरूको मूल्य १ खर्ब ४८ अर्बमा चुलिएको इन्साइट्सको तथ्यांकले देखाएको छ । अमेरिकी राज्य पेन्सिलभेनियाको एक पर्यटकीय गन्तव्य चेस्टनट हिलका क्याफे र स्टोरका ७८ प्रतिशत कारोबार अहिले क्रेडिट कार्ड एवं अन्य विद्युतीय माध्यमबाट हुन थालेको छ ।

संक्रमणको त्रासले गत मार्च र अप्रिल महिनामा विकसित मुलुकका केही स्थानमा नगद कारोबार शून्यमा पुगेको थियो । विकसित मुलुकका अधिकांश स्थानमा कोरोना संक्रमणअघिको तुलनामा नगद कारोबार ३० देखि ४० प्रतिशतले घटेर डिजिटल कारोबारले स्थान लिएको आइएमएफले जनाएको छ ।

यसैबीच टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत भएको छ । इस्तानबुलको विश्व प्रशिद्ध हागिया सोफिया संग्रहालयलाई टर्की सरकारले मस्जिदमा परिणत गरेको हो । १५ सय वर्ष पहिले इसाई चर्चका रुपमा स्थापित हागिया सोफियालाई सन् १४५३ मा मस्जिदमा परिणत गरिएको थियो ।

त्यसपछि सन् १९३४ मा संग्रहालय बनाइएकोमा फेरि मस्जिदकै रूपमा परिणत गरिएको हो । मस्जिद बनाउने निर्णयको विश्वव्यपी रुपमा आलोचना भइरहे पनि राष्ट्रपति रिसेप तैयप एर्डोगानले त्यसको बचाउ गरिरहेका छन् । अदालतले संग्रहालयको हैसियत रद्द गरे लगत्तै टर्की सरकारले उक्त स्थानलाई मस्जिदकै रूपमा परिणत गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया