आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

८ प्रहरीको ज्यान लिने बिकास डुबेको इ’न्का’उन्टर, यसो भन्छ प्रहरी

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । भारतमा ८ जना प्रहरीको ह’त्या गर्ने गु’ण्डा नाइके बिकास डुबे प्रहरी इ’न्का’उन्टरमा मा’रिएका छन् । शुक्रबार विहान ८ जना प्रहरीको ज्यान लिने बिकास डुबेको ८ दिनपछि इ’न्का’उन्टर भएको हो ।

बिहिबार उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार परेका बिकास दुबेलाई यूपी एसटीएफले कानपुर लागिरहेका बेला कानपुरबाट १७ किलोमीटर नजिक पुलिसको गाडी पल्टिएको थियो । त्यहि मौकामा विकासले प्रहरीको एसटीएफ जवानको पेस्तोल खोसेर भाग्न खोजेपछि प्रहरीले जवाफी फायरिङ्ग गर्दा उनको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विकासले गो’ली चलाउँदा ४ जना प्रहरी जवान समेत घाइते भएको प्रहरीले जनाएको छ । कानपुरको चौबेपुर प्रहरी इलाकाको बिकरू गाउँमा २ जुलाईको रात बिकास डुबेको ग्याङ्गले प्रहरीमाथि हमला गरि ८ जनाको ह’त्या गरेको थियो । त्यसको अर्को दिन बिहानदेखि प्रहरी बिकासको सफाय गर्ने योजनामा जुटेको थियो ।

घटनापछि बिकास दुबे ३ वटा राज्यको प्रहरीलाई समेत चक्मा दिएर युपीबाट हरियाणा फेरी राजस्थान हुँदै मध्यप्रदेश पुगेका थिए। उनले आत्मसमर्पण गर्ने योजना बनाएको अनुमान भइरहेका बेला प्रहरीले उनलाई महाकाल मन्दिरबाट गिरफ्तार परेका थिए। पछिल्लो समय भारतको प्रहरीले ब’ला’त्कार गर्ने र गु’ण्डागर्दी अपराधीहरुलाई इ’न्का’उन्टर गर्न थालेको छ ।

प्रतिक्रिया