आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वले कोरोना महामारीलाई जित्न सक्दैँन भन्दै डब्लुएचओले दियो फेरी कडा चेतावनी

प्रकाशित
1K
SHARES

काठमाडौं । सारा विश्व कोरोना महामारीसँग जुधीरहँदा डब्लुएचओले भने फेरी कडा चेतावनी दिएको छ ।  संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले बिहीबार भने -“विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन”।  विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको सज्ञा दिँदै उनले राष्ट्रसंघीय स्वास्थ्य निकायको जिनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने , “हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौं । दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ ।”

यसैबीच समस्यालाई थप सहज रूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ । अमेरिकाले कोरोनाभाइरस सङ्कटसम्बन्धी विषयमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो ।

जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भन्नुभयो, “के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्र्नेछ ।”

कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्.। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया