आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफुमाथि यति गम्भीर आरोप लागेका बेला चिनियाँ राजदुतले किन भेटिन प्रचण्ड ? यस्तो छ कारण

प्रकाशित
1K
SHARES

काठमाडाैं । सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेको बेला भेटघाट श्रृंखला सुरु गरेकी चिनियाँ राजदुत होउ यान्छीले बिहीबार पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेकी छन् । नेकपाको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको आरोप लागेका बेला उनले प्रचण्डलाई भेटेकी हुन् ।

यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई उनले नेकपामा विवाद बढेपछि भेटघाट गरिसकेकी छन् । अध्यक्ष प्रचण्डलाई राजदुत यान्छीले बिहीबार उनकै निवास खुलमटारमा गएर भेटेको खुलासा भएको हो ।

राजदुत होउ र प्रचण्डबीचको भेटबारे दाहालको सचिवालयले पुष्टि नगरे पनि चिनियाँ दुतावासबाट भेटको जानकारी प्राप्त भएको हो । दुतावासका प्रवक्ता चाङ सीले उक्त भेटवार्तामा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको बताए । उनले भने, ‘हामी (चीन) नेपाली जनताको चासोलाई ध्यानमा राखेर जहिले पनि नेपालमा राजनीतिकस्थिरता र आर्थिक विकास होस भन्ने चाहन्छौं ।’

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष प्रचण्ड–माधवकुमार नेपाल बीच चलिरहेको शक्ति संघर्षका कारण राजदुत होउले राष्ट्रपतिसहित नेकपाकै नेताहरुलाई गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन मामिला विज्ञ रुपक सापकोटा चिनियाँ राजदुत होउको पछिल्लो गतिविधिलाई चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको मान्छन् । ‘चीनलाई नेपालको आन्तरिक राजनीतिमा चासो छैन । तर, नेपालमा राजनीति स्थिरता होस् भन्ने उसको चाहना हो,’ उनले भने । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले यस अघि नै राजदुत होउका भेटघाटहरुलाई ‘असामान्य अवस्थामा सामान्य भेट’ को रुपमा संज्ञा दिइसकेका छन् ।

राजदुत होउले असार २३ गते पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । यसको दुई दिन आइतबार (असार २१ गते) अर्का पूर्व प्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् । यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

यसैबीच नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकोप्रति भारतले औपचारिक कूटनीतिक पत्र पठाएर विरोध जनाएको खुलेको छ । भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी दिएको थिएन ।

भारतले असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको जानकारी परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि उक्त कुरा सार्वजनिक भएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा भारतले कूटनीतिक नोट पठाएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिएका हुन् ।

‘भारतले नेपाली भूमिलाई उसको नक्सामा राखेपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका लागि तीनपटक चिठी लेखेको रहेछ । जसमा भारतले कुनै पनि प्रतिक्रिया नदिएको पाइएको छ,’ बिडारीले भने, ‘नेपालले नक्सा जारी गरेपछि भने भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको जानकारी परराष्ट्रले दिएको छ ।’

गत नोभेम्बरमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको थियो । त्यसयता नेपालले पटकपटक सीमाबारे वार्ताका लागि समय तोकेर पत्र पठाएको थियो । तर, भारत सरकारले भने नेपालको पत्रप्रति चासो दिएको थिएन । कुनै प्रतिक्रिया दिएको थिएन ।

लिम्पियाधुरा भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै आएको थियो । त्यतिबेला पनि नेपालले भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट पठाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेको थियो । उसले नेपालका केही कुरा भएमा कोरोना भाइरसको प्रकोप सकिएपछि वार्ता गर्ने भन्दै आएको थियो ।

नेपालसँग वार्ता टार्दै आएको भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि भने नेपालले नक्सा जारी गरेको थियो । नेपाल सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । नेपालले नक्सा जारी गरेको एक महिनापछि भारतले कूटनीतिक नोट पठाएको हो ।

प्रतिक्रिया