आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय मिडियालाई नारायणकाजी श्रेष्ठले फर्काए यस्तो कडा जवाफ

प्रकाशित
1.4K
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

नेकपा भित्रको विवाद र नेपाल मामिलाबारे हालै भारतीय सञ्चार माध्यमले सम्प्रेषण गरिरहेका कपोलकल्पित र निकै आपत्तिजनक फेक समाचारप्रति नेता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

विगत केही दिनदेखि भारतीय मिडियाले चिनियाँ राजदूतसँग जोडेर प्रधानमन्त्रीबारे काल्पनिक र निकै आपत्तिजनक सामग्री प्रशारण गरिरहेका छन्। यस्तो हदैसम्मको लज्जास्पद यो हर्कतमा उत्रने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा  चौतर्फी चर्को बिरोध सुरु भएको छ

भारतीय मिडियाको विरोध भइरहँदा नेकपा प्रवक्ता श्रेष्ठले एक ट्विट गर्दै अनर्गल प्रचारले सीमा नाघेको उल्लेख गरेका छन । ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर।’ नेता श्रेष्ठले भनेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का छौं। बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

यस्तै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टी निर्णयको बचाउ गरेका छन्। गिरीलाई सांसदबाट हटाउने विषयमा भट्टराई हाबी भएको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी निर्णयको बचाउ गरेका हुन्।

उनले विचार तथा अभिव्यक्तिकै कारण दण्डित गर्नु लगत भए पनि भौगोलिक अखण्डताको रक्षा गर्नु नागरिकको कर्तव्य भएको पनि बताएका छन्।ट्वीट लेख्दै भट्टराईले भनेका छन्, ‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठिक हो। तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुन्छ। झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्वीप विपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ। यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।’

भट्टराईको यस्तो ट्वीटले काठमाडाैंदेखि नयाँदिल्लीसम्म भूकम्प गएकाे छ । यसैबीच राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

दल दर्ता निवेदन दिन वैशाख ११ गते निर्वाचन आयोग पुगेका जनता समाजवादीका नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी लगायत । ‘राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए । दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

प्रतिक्रिया