आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिन्धुपाल्चोकका १ जना बाढी घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो, थप बिवरण आउन बाँकी ।

प्रकाशित
612
SHARES

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताएका छन् ।

बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने । २० जना बेपत्ता भएका छन, अन्ने पाँच जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धारकार्य जारी राखेको छ ।

भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले बताएकाे छ प्रहरी सूचना अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् ।

त्यसैगरी भोटेकोशी गाउँपालिका ५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र त्यहाँका चार जना बेपत्ता भएका छन् यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ ।

बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ । जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत बाढी पहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गरे, पानीको स्रोत व्यवस्थापन नभएको र वर्षाको पानी बग्ने बाटो नष्ट भएकाले जथाभाबि रुपमा क्षति पुर्‍याउन सक्ने हुँदा थप सचेत बन्नुपर्ने उनको सुझाव छ

प्रतिक्रिया