आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका-चीन सम्बन्धबीच झन तनाब, अमेरिकाले लगायो फेरी अर्को कडा प्रतिबन्ध, अब के गर्ला चीन ?

प्रकाशित
1.1K
SHARES

काठमाडौ । लगातार चिसिदै  गएको अमेरिका-चीन सम्बन्ध झन संकटमा पर्ने देखिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले चिनियाँ अधिकारीहरूको समूहको भिसा प्रतिबन्धित गरेको जानकारी दिएका छन् ।

रीसिप्रोकल एक्सेस टू तिब्बत अर्थात ‘पारस्परिक पहुँचमा तिब्बत’ ऐन अन्तर्गत अमेरिकाले यस्तो निर्णय गरेको पोम्पीओले मंगलबार ट्वीट गर्दै जानकारी दिएका छन् । उनले लेखे, ‘आज मैले जन गणतन्त्र चीनका अधिकारीहरुलाई भिसा प्रतिबन्धको घोषणा गरें । तिब्बतमा विदेशीहरूको पहुँच रोक्न यी अधिकारीहरू संलग्न थिए ।’

पोम्पीओले भनेका छन कि चीनले निरन्तर तिब्बती स्वायत्त प्रदेश (टीएआर) र अन्य तिब्बती क्षेत्रमा अमेरिकी कूटनीतिज्ञहरु र अन्य अधिकारीहरु, पत्रकारहरु र पर्यटकहरुको भ्रमणमा लगातार बाधा पुर्‍याइरहेको छ । जबकि चिनियाँ अधिकारी र अन्य नागरिकहरूले संयुक्त राज्य अमेरिका आउन पूर्ण स्वतन्त्र रहेको बताउँदै आएका छन् ।

पोम्पीओले भनेका छन, ‘अमेरिकाले चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरिरहेको छ, जो तिब्बती क्षेत्रहरुमा विदेशीहरुसँग हुने सम्बन्धमा नीति निर्माण वा कार्यान्वयनमा ठूलो मात्रामा संलग्न छन् ।

स्थानीय स्थायित्वका लागि तिब्बती क्षेत्रमा पुग्नु धेरै महत्वपूर्ण छ किनकि चीन मानवअधिकारको उल्लंघन रहेको छ ।’ उनले चीन एसियाका प्रमुख नदीहरू बग्ने नदीको उद्गम स्थलमा वातावरणीय गिरावट रोक्न पनि असफल भएको आरोप लगाएका छन् ।

पोम्पीओले अमेरिकाले दिगो आर्थिक विकास, वातावरणीय संरक्षण र तिब्बती समुदायको मानवीय अवस्थालाई चीन र विदेशमा अगाडि बढाउन काम गरिरहने स्पष्ट पारेका छन् । उनले थप भने, ‘हामी तिब्बतीहरूको अर्थपूर्ण स्वायत्तता, उनीहरूको मौलिक र अकल्पनीय मानव अधिकारको सम्मान गर्न र उनीहरूको अनौठो धार्मिक, सांस्कृतिक र भाषिक पहिचानको संरक्षण गर्न प्रतिबद्ध छौं ।’

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएपछि ट्रम्प प्रशासन लगातार चीन विरोधी अभिव्यक्ति जारी गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटकपटक चीनको आलोचना गरिरहेका छन् । पोम्पीओले थप भने, ‘साँचो पारस्परिक हिसाबले हामी अमेरिकी कंग्रेससँग मिलेर काम गर्नेछौं भन्ने कुरा सुनिश्चित गर्नका लागि अमेरिकी नागरिकले टीएआर र अन्य तिब्बती क्षेत्रहरू सहित जन गणतन्त्र चीनको सबै क्षेत्रमा पूर्ण पहुँच पाएको छ ।’

प्रतिक्रिया