आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टीबाट निकालिएपछि सरिता गिरीले दिइन फेरी यस्तो कडा चेतावनी, जसपाभित्र खैलाबैला

प्रकाशित
625
SHARES

काठमाडौँ । पछिल्लो समय विवादमा तानिएकी नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले पार्टीबाट निष्कासन गरेको छ। संसद्मा बोल्दा पटक–पटक विवादास्पद अभिव्यक्ति भएका कारण उनी चौतर्फी विरोधमा तानिएकी थिइन्। गिरीलाई समाजवादीले निष्कासन गरेसँगै उनको सांसद् पद स्वतः गुम्ने छ।

पार्टीले कारवाही गरेसँगै नेतृ सरिता गिरीले यो अवैधानिक कदम भएको भन्दै आफु सर्वोच्च अदालत जाने बताएकी छन्। गिरीले पार्टीको संसदीय दल र केन्द्रीय समितिले छलफल गरेर गर्नुपर्ने निर्णय पार्टीका केही नेताहरु मात्रै बसेर आफुखूशी गरेको भन्दै आपत्ति जनाइन्।

गिरीले भनिन्, “पार्टीले दलको विधान विपरित मलाई निष्कासन गर्ने निर्णय गरेको छ। दलमा अल्पमतमा भएका कारण चोरबाटोबाट पार्टी पदाधिकारीका नाममा यो निर्णय गरिएको छ। यो असंवैधानिक छ। केन्द्रीय कमिटीको बैठक त परैको कुरा दलको बैठक पनि बसेको छैन । यो अरु केही नभएर आफ्ना नजिकका व्यक्तिलाई संसद्मा ल्याउने तयारी हो । म अब एक्लै भएपनि सर्बोच्च गएर चुनौती दिन्छु।”

गिरीले आज-भोलि नै हुने पार्टी दर्ता प्रक्रियाको मौका छोपेर आफूलाई चोर बाटोबाट कारवाही गरी आफ्ना नजिकका मान्छे प्रवेश गराउन खोजिएको पनि बताइन् । विसं २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद् बनेकी थिइन्।

प्रतिक्रिया