आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीपछि आईसीसीको पहिलो अफिसियल प्रतियोगिता, इङ्ग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दै

प्रकाशित
722
SHARES

काठमाडौं । नोबेल कोरोना भाइरस कोभिड १९ को महामारी पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको पहिलो अफिसियल प्रतियोगिताका रुपमा टेस्ट क्रिकेट सुरु हुँदैछ । कोरोना महामारीकै बीच बुधबार आज दिउँसो ३:४५ मा सुरु हुने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजबीचको खेल सँगै क्रिकेट मैदान फर्किनेछ ।

मार्चदेखि अवरुद्ध क्रिकेट लगायत खेल गतिविधि शुरु भइरहँदा खेलाडीदेखि क्रिकेट प्रेमीहरु उत्साहित रहेका छन् । इङ्ग्ल्यान्ड र इन्डिजले तीन टेस्ट खेल्नेछन् । जुन साउथह्यामटनस्थित अगास बोल रंगशालामा हुनेछ ।

कोरोना पछिको पहिलो प्रतियोगिताका लागि इङ्ग्ल्यान्ड टोलीको नेतृत्व वेन स्टोक्सले गरिरहेका छन् भने इन्डिजको टोलीको नेतृत्व जसन होल्डरले गर्नेछन् ।

कप्तान स्टोक्सले सबैले यो क्रिकेट प्रतियोगिताका लागि उत्साहित रहेको बताएका छन् । ‘मलाई थाहा छ सबै जना यो प्रतियोगिताका लागि पर्खिरहेका छन् । सयौं हजारौं मान्छेहरुले हामीले राम्रो गरुन भन्ने चहाएका छन् । त्यो जिम्मेवारी हामीले पनि बोध गरेका छौं,’ कप्तान स्टोक्सले भने ।

दर्शक मैदान उपस्थित नहुने टेस्टमा खेलाडीहरुका लागि भने नयाँ प्रयोग हुनेछ । कोरोना महामारीका कारण दर्शकलाई मैदान उपस्थिती दिइएको छैन ।

इङ्ग्ल्यान्डका खेलाडी साउथह्यामटनमा होटलमै बसेर अभ्यास गरेका हुन् भने इन्डिजको टोली वल्ड ट्राफोर्डमा आइसोलेसनमै बसेको थियो । आइसोलेसनमा रहेपनि उसले दुई अभ्यास खेल भने खेलेको थियो ।

नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सिपीएल० सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् ।

उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । सन्दीप सिपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् ।

प्रतिक्रिया