आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हावाबाट पनि कोरोना फैलिने डब्ल्यूएचओद्वारा स्वीकार

प्रकाशित
0.9K
SHARES

काठमाडौं । करिब ६ महिनिदेखी विश्वभर तहल्का मच्चाईरहेको विश्व कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणित भएको स्वीकार गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।

यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन । हामी यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।

वान केरखोवले यसबारे डब्ल्यूएचओले छिट्टै एक विज्ञिप्त जारी गर्ने जानकारी दिए । मेरिकाले पनि टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको जनाएका हुन् ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको पोम्पेओलाई उद्धृत गर्दै रोयर्टसले जनाएको छ ।

टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाँदै आएको तथा प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको उनले बताएका छन् । यसअघि भारतले पनि टिकटकसहित ५९ वटा चिनियाँ एप्स प्रतिबन्ध लगाइसकेको छ ।

यस्तै अमेरिकाको संघीय जाँच व्यूरो एफबीआईका निर्देशकले चीनका गतिबिधी अमेरिकाका लागि सबैभन्दा ठूलो दीर्घकालीन खतराको रूपमा खडा भएको बताएका छन् ।

वासिङ्गटनस्थित हड्सन इन्स्टिच्यूटमा एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचना चोरी गर्ने चीन सरकारको क्रियाकलाप अमेरिकाको लागि खतरा भएको बताएका हुन् ।

चीनले बहु–चरित्र अवरोध अभियान सञ्चालन गरिरहेको आरोप लगाउँदै रेले जुनसुकै माध्यम अपनाएर भए पनि विश्वकै शक्तिशाली मुलुक बन्न चीन लागि परेको बताए ।

अमेरिकाको नीति नै प्रभावित पार्ने रणनीति अनुरुप चीनले आर्थिक जासूसी अभियान, तथ्यांक तथा मौद्रिक चोरी र अवैध राजनीतिक गतिविधिको रुपरेखा अघि बढाएको रेको आरोप छ।

प्रतिक्रिया