आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई छोडेर प्रचण्डतिर लागेको खबर बाहिरिएपछि गृहमन्त्री बादलले मुख खाेले, के हाे यथार्थ

प्रकाशित
1.7K
SHARES

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले आफू प्रधानमन्त्री ओलीकै समर्थनमा रहेको प्रष्ट पारेका छन्। मंगलबार नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको भेटमा मन्त्री बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने बताए।

उनले भने, – ‘म झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरियो । अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ। हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ।’ पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको पनि बताए।

बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय पुगेका थिए। बुढा बाहेक अरु सबै प्रधानमन्त्री केपी ओलीनिकट नेता हुन्। संस्थापन निकट नेताहरुसँग बादलले फरक कुरा गरे पनि झम्सीखेल बैठकमा भने आफू माधव–प्रचण्ड समूहकै निकटमा रहेको बताएका थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सउरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो ।

अध्यक्षद्वयओली र प्रचण्डबीच एक्लाएक्लै भएकाे छलफलमा स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको छ । दुई अध्यक्षबीच छलफलमार्फत नै विवाद समाधान गर्ने सहमति पनि भएकाे नेताहरुले बताएका छन् ।

यद्यपि अरू ठाेसरूपमा भने केहि सहमति हुन सकेकाे छैन । प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् । विवाद समाधानका लागि २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव छ ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक मुद्दामा होइन, झगडामा केन्द्रित भयो । नतिजा नेकपाको घरझगडामा अरुको पनि चासो बढ्दै गयो । एकपछि अर्कोपक्ष जोडिन थाल्यो ।

बैठक पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा होइन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । यद्यपि पार्टी विभाजन हुन्छ कि भन्ने भयले बैठक चारपटक स्थगित भइसकेको छ । अर्को बैठक बुधबारका लागि बोलाइएको छ । तर बस्ने नबस्ने अनिश्चत छ, किनभने जुन विषयमा नेकपामा झगडा थियो, त्यसको हल भइसकेको छैन् । हल खोज्ने कोसिसमा शीर्ष नेता लागेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको माग छ । अनि कुनै पनि हालतमा दुवै पद नछाड्ने ओलीको अडानले नेकपाको विवाद उत्कर्समा छ । त्यसैले यसको असर नेकपाभित्र हुनु त स्वभाविक नै भयो ।

तर, नेकपाको झगडामा विपक्षी कांग्रेस र राष्ट्रपति मात्र होइन, दुई छिमेकी मुलुक चीन र भारत पनि फरक भूमिकाले तानिएका छन् । अर्थात नेकपाको विवाद अब देशमै मात्र सीमित छैन्, मुलुकै सीमाबाहिर पनि पुगेको छ । नेकपाको आन्तरिक विवादमा दुवै छिमेकी देखिने गरी जोडिएका छन् ।

असार १४ मा मदनजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको सार्वजनिक अभिव्यक्ति दिएर नेकपाको विवादमा भारतलाई मुछेका थिए । पार्टीभित्र सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्रीले प्रतिरक्षाका लागि भारतको नाम अगाडि सारेका थिए ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी बैठक चलिरहेको बेला यस्तो अभिव्यक्ति दिएपछि हल्लीखल्ली भएको थियो । कतिपय नेताले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण समेत माग गरेका थिए । ओलीको अभिव्यक्तिलाई लिएर नेपालमा विरोध भएपनि भारत सरकारले केही प्रतिक्रिया दिएको भने छैन ।

नेकपामा भारत विवाद सेलान नपाउँदै विपक्षी जोडियो । संसद अधिवेशन अन्त्य गर्नुभन्दा एक दिन अगाडि अर्थात बुधबार प्रधानमन्त्रीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग गोप्य भेट गरे । पछि आफू निकट नेतालाई प्रधानमन्त्रीले देउवा कहाँ पठाए । यसैलाई लिएर नेकपाको घर झगडामा पार्टी जोडिएको भन्दै कांग्रेसको केन्द्रीय कार्यसमितिमा बहस भयो । र, कांग्रसले भन्यो- हामी नेकपाको घरझगडामा तथस्थ छौं ।

त्यसपछि नेकपाको विवादमा राष्ट्रपति विदादेवी भण्डारी जोडिइन् । उनले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय हतारहतार अनुमोदन गरिन् । त्यसपछि उनीमाथि प्रश्न उठ्यो । त्यहीबेला प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको दाबी गरे । तर, पार्टी नेताहरुले यसको खण्डन गरेका छन् ।

र, अध्यक्ष दाहाल, झलनाथ खनाल र नेपालले शितलननिवासमै पुगेर प्रधानमन्त्रीको दाबीमा दम नभएको आश्वस्त पार्न कोसिस गरेका छन् । भारत, कांग्रेस र राष्ट्रपतिपछि नेकपा विवादमा अब चिनियाँपक्ष पनि जोडिएको छ । अहिले नेपालका लागि चीनकी राजदूत होउ यान्छीले शीर्ष नेताहरुसँगको भेटघाट तीव्र पारेकी छिन् ।

होउले आइतबार पूर्वप्रधानमन्त्री नेपालसँग र मंगलबार बिहान पूर्वप्रधानमन्त्री खनालसँग भेट गरिन् । भेटमा समसामयिक र आपसी सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । भारतले नेकपा घरझगडा निम्त्याएको र चिनियाँ राजदूत झगडा मिलाउन सक्रिय भएको भनेर आलोचना भइरहेको छ ।

यस विषयमा पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? भन्ने प्रश्न उठाए । कांग्रेस नेता धनराज गुरुङले नेपालको सरकार ढलाउने र बचाउने काम नै बिदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दैछ रु भन्ने वहसको उठान गरे ।

त्यसैले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत सन्देश दिने कोसिस गरे- सार्वभौम राष्ट्रका रुपमा हामी आफैं निर्णय लिन सक्षम छौं । हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्ति हामीलाई अस्विकार्य छ । तर, राजदूतको दौडधूपले नेकपाको घरझगडामा छिमेकीको चासो मुखरित भएको छ ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसँगको भेटवार्ताको बिषयलाई लिएर नयाँदिल्लीमा भूकम्प गएको छ । यान्छीको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् । नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको हात रहेको समेत केही कूटनीतिज्ञ र विश्लेषकले दाबी गर्दै आएका छन् ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि नेपालले धार्चुला–लिपुलेक पास जोड्ने सडकको विरोध गरेपछि घुमाउरो पाराले नेपालले चीनको आडमा विरोध भएको दाबी गरेका थिए । नेपालका लागि भारतका एक पूर्वराजदूतले होउको सक्रियता चीनको दीर्घकालीन रणनीतिअनुसार भइरहेको दाबी गरे । ‘सधैं पञ्चशीलको वकालत गर्ने चीनले नेपालको आन्तरिक राजनीतिमा यसरी खुलेर सक्रिय बन्नु सामान्य होइन, त्यसैले दिल्ली स्वाभाविक रूपमा चनाखो हुनुपर्छ’ उनले भने ।

केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् । भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले पनि राजदूत होउले फेरि एकपटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेको छ । एजेन्सीले राजदूत होउ र नेपालबीचको भेटघाटपछि नै जारी स्थायी समितिको बैठक बुधबारका लागि सारिएको दाबी गरेको छ । सत्तारूढ दलभित्रको विवाद बढ्दै गएपछि चिनियाँ राजदूतले आफ्नो सक्रियता बढाउँदै लगेको पीटीआईले लेखेको छ ।

त्यसैगरी भारतकै अर्को समाचार एजेन्सी आईएनएसले त राजदूत होउले काठमाडौंको कूटनीतिलाई नै पुनर्परिभाषित गरेको र भारतसँगको विवादित भूमिलाई समेटेर प्रधानमन्त्री ओलीको नयाँ नक्सा जारी गर्ने अनपेक्षित कदमका पछाडिसमेत हात रहेको लेखेको छ । ओलीविरुद्ध बढ्दो आक्रोश मत्थर पार्न अरू नेताहरूसँग भेटघाट गरेको समेत आईएनएसले लेखेको छ ।

यसअघि गत वैशाखमा नेकपाभित्र कलह चर्किएपछि राजदूत होउले गरेका राजनीतिक भेटघाट र विकसित घटनाक्रमलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको थियो । त्यतिबेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टीका शीर्ष नेताहरूलाई समेत भेटेकी थिइन् । र, केही दिनको तनावपछि पार्टीको कलह थामथुम भएको थियो । त्यतिबेला पनि भारतीय विश्लेषक र मिडियाले राजदूत होउमाथि नेपालको राजनीतिमा हस्तेक्षप गरेको आरोप लगाएका थिए । राजदूत होउकै सक्रियताका कारण नेकपाभित्रको विवाद सुल्झिएको दाबी गरेका थिए ।

प्रतिक्रिया