आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले दियो भारतलाई फेरी अहिलेसम्मकै यस्तो कडा चेतावनी, भन्यो- कुनै कदम चाले त्यो घातक हुनेछ

प्रकाशित
1.2K
SHARES

एजेन्सी । चीनले भारतलाई फेरी कडा चेतावनी दिएको छ । दुई छिमेकी मुलुक भारत र चीनबीचको तनाव बढिरहेको बेलामा तिब्बत मामलामा भारतले कुनै कदम चाले त्यो घातक हुने चेतावनी चीनले दिएको छ ।

चिनियाँ कम्युष्टि पार्टीसँग सम्बन्धित पत्रिका ग्लोबल टाइम्सले एक सम्पादकीय मार्फत भारतलाई धम्की दिएको हो । उक्त पत्रिकालाई चीन सरकारको मुखपत्रको रुपमा पनि लिने गरिएको छ ।

पत्रिकाको सम्पादकीयमा लेखिएको छ कि केही भारतीय मिडियाले यस मुद्दाबारे कुरा उठाइरहेका छन् । भारतले तिब्बत कार्डलाई प्रयोग गर्न सञ्चारमाध्यमले सुझाव दिएको भन्दै यस्तो गरिए परिणाम गम्भीर हुने चेतावनी दिइएको छ ।

प्रस्तावित तिब्बत कार्ड भारतीय अर्थतन्त्रका लागी हानिकारक शीर्षकमा प्रकाशन भएको लेखमा भारतमा केही मासिनलाई तिव्वत कार्ड प्रयोग गर्दा भारतलाई फाइदा पुग्ने लागि रहेको छ तर यो घातक छ ।

चिनियाँ पत्रिकामा लेखिएको छ तिव्वत चीनको आन्तरिक मामला हो र यस मुद्दालाई छुन हुँदैन । ग्लोबल टाइमले तिब्बतको विकासका बारेमा पनि लेखेको छ । उक्त लेखमा स्वायत्त क्षेत्रको तुलनामा अहिले तिब्बतले धेरै विकास गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीन विरोधी केही शक्ति तिब्बतको मुद्दालाई प्रयोग गरेर चीनको वान चाइना पोलिसीको विरुद्ध उक्साउने काम गर्छ । तर यस्तो प्रयत्न असरदार हुने उसले उल्लेख गरेको छ ।

यस्तै चीनको राजधानी बेइजिङमा प्रहरीले सोमबार राष्ट्रपति शी जिनपिङका कडा आलोचक जू झंगरुनलाई उनको घरबाट पक्राउ गरेको छ । जू शिघुवा युनिभिर्सिटीमा कानूनका प्राध्यापक हुन् । उनका साथी गेंग जियोओनानले गत महिना जूको एउटा किताब न्यूयोर्कमा प्रकाशित भएको जानकारी दिए । यसमा जिनपिङ र उनको कम्युनिष्ट पार्टीको शासनको तिखो आलोचना गरिएको छ ।

किताबमा १० राजनीतिक निबन्ध छन् । यसै किताबका कारण जूलाई पक्राउ गरिएको हो । यसअघि स्थानीय मिडियामा जूलाई घरमा नजरबन्द गरिएको समाचार प्रकाशित भएको थियो । जूले आफ्नो एक निबन्धमा चीनमा जिनपिङको ‘वन म्यान सत्ता’ का कारण कोरोना बढेको आरोप लगाएका थिए । अर्को एक निबन्धमा चीन माओत्से तुङको अधिनायकवादी शासनतर्फ उन्मुख भएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया