आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीलाई लिएर डब्ल्यूएचओले चीनविरुद्ध बल्ल उठायो यस्तो कडा कदम, विश्वभर हलचल

प्रकाशित
0.9K
SHARES

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्काे हप्ता चीन जाने भएका छन् । कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो ।

यसअघि उक्त संगठनले चीनको वुहानबाट शुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन् ।

कोभिड १९ को महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट शुरु भएको बताइएको छ । उक्त महामारीले अहिले विश्वमा पाँच लाखभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । त्यस्तै एक करोड भन्दा बढी मानिस यस संक्रमणबाट संक्रमित भएका बताइएको छ ।

चीनमा पनि यस संक्रमणले चार हजार भन्दा बढीको मृत्यु भएको थियो । प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको संक्रमण शुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य संगठनका विज्ञहरु त्यहाँ पुग्ने भएका छन् ।

यसको संक्रमण अझै पनि कम भएको छैन । उक्त संगठनले शनिबार मात्र पनि विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई संक्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्वन गर्न भनेको थियो ।

विश्वका सबै देशका नागरिकले कोभिड–१९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको भन्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सो आग्रह गरेका थिए ।

पछिल्लो केही हप्तायता भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको दर लगातार बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण चार सय ४१ जनाको ज्यान गएको छ । साथै पछिल्लो २४ घण्टामा २२ हजार सात सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो एकैदिन सङ्क्रमित हुने सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४८ हजार तीन सय १५ पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ३५ हजार चार सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीन लाख ९४ हजार दुई सय २७ जना निको भएर घर फर्किएका छन् ।

भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १८ हजार ६ सय ५५ पुगेको छ । त्यस्तै जोन्स हप्किन्स वेबसाइटको तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड १० लाख ३१ हजार नाघेको छ । सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजारभन्दा धेरै छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको हो ।

यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले मिलेर बनाइरहेका छन् । आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण पूरा भए १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधरणका लागि उपलब्ध गराउन सकिने जनाएको छ ।

क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले गएको २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए ।

पत्रमा डाक्टर भार्गवले लेखेका छन्, ‘कोरोना रोकथामको लागि आईसीएमआरको माध्यमबाट बनाइएको खोपको फास्ट ट्रयाक परीक्षणको लागि भारत बायोटेक कम्पनीसँग एक सम्झौता गरिएको छ । कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर यो खोप बनाइएको हो ।’

‘क्लिनिकल परीक्षणपछि आईसीएमआर १५ अगस्टसम्म सर्वसाधरणमा यो खोप पुर्याउन चाहन्छ । भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरिरहेको छ । तर यो खोपको सफलता क्लिनिकल परीक्षणको लागि चुनिएको संस्थानको सहयोगमा निर्भर रहन्छ ।’

भारतमा पहिलो पटक कोरोनाको खोप बनाउने प्रयासमा क्लिनिकल परीक्षणको लागि चुनिएका १२ संस्थान यी हुन् – किङ्ग जर्ज अस्पताल, विशाखापटनम, बीडी शर्मा पीजीआईएमएस, युनिभर्सिटी अफ हेल्थ साइन्सेस, रोहतक, एम्स, नयाँ दिल्ली, एमस, पटना, जीवन रेखा खस्पताल, बेलगाउँ, कर्नाटक रहेका छन्।

त्यस्तै गिल्लुर्कर मल्टी–स्पेसिएलिटी अस्पताल, नागपुर, महाराष्ट्र, राना हस्पिटल, गोरखपुर, एसआरए मेडिकल कलेज हस्पिटल एण्ड रिसर्च सेन्टर, चेङ्गलपट्टु, तमिलनाडु
निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, हैदराबाद, तेलङ्गाना, डाक्टर गंगाधर साहू, भुवनेश्वर, ओडिशा, प्रखर हस्पिटल, उत्तर प्रदेश, डाक्टर सागर रेडकर, गोवा रहेका छन् ।

के भन्छन् विशेषज्ञ ?

महाराष्ट्र सरकारको माध्यमबाट बनाइएको कोरोना टास्क फोर्सका सदस्य डाक्टर शशांक जोशी भन्छन्, ‘यति कम समयमा खोप बनाउनु लगभग असम्भव छ । सामान्यतया एक खोप बनाउन दुई वर्ष लाग्छ । यदि फास्ट ट्रयाकबाट पनि प्रयास गर्दा कम्तीमा १२ देखि १८ महिना लाग्छ । त्यसअघि खोप बनाउनु असम्भव छ ।’

इण्डियन कलेज अफ पिजिसियनसँग जोडिएका डाक्टर शशांक जोशी आईसीएमआरको पत्रलाई लिएर हैरान भएको बताउँछन् ।

उनी भन्छन्, ‘१५ अगस्टसम्म कोरोना भाइरसको खोप बनाउने आईसीएमआरको निर्णय आश्चर्यपूर्ण छ । यसो गर्दै गर्दा मानिसको सुरक्षाको र खोपको क्षमताको बारेमा गहन अध्ययन हुनुपर्छ । आईसीएमआरले यो घोषणा गर्नुअघि आवश्यक सुरक्षा मानकको पूरा ख्याल राखेको छ भन्ने मलाई विश्वास छ । यदि यी सबै कुरालाई ध्यानमा राखेर खोप बनाइरहेको भए हामी यसको स्वागत गर्छाैँ ।’

स्वास्थ्य विशेषज्ञ र इन्टरनेशनल एसोसिएशन अफ् बायोएथिक्सका पूर्वअध्यक्ष डाक्टर अनन्त भान पनि आईसीएमआरको योजनालाई लिएर हैरान छन् ।

उनी भन्छन्, ‘खोपले अहिलेसम्म प्रि–क्लिनिकल परीक्षण विकास चरण पूरा नगरेको भए खोपलाई क्लिनिकल परीक्षणको लागि ७ जुलाईसम्म रजिस्ट्रर गर्न सकिन्छ । यो खोप बजारमा १५ अगस्टसम्म कसरी उपलब्ध गराउन सकिन्छ ? के एक महिनाभन्दा कम समयमा खोपसँग जोडिएको सबै परीक्षण गर्न सकिन्छ ? के उनीहरुले पहिले नै खोपको गुणवत्ताको बारेमा राय बनाएका छन् ?’

भारत बायोटेकको तयारी

आईसीएमआरले चिठी पठाउनुअघि बीबसीका संवाददाताले बायोटेककी म्यानेजिङ डाइरेक्टर सुचित्रा एलासँग कुराकानी गरेका थिए । कुराकानीको क्रममा सुचित्रा एलाले भनेकी थिइन्, ‘मानव क्लिनिकल परीक्षणको पहिलो फेजमा एक हजार मानिसलाई चुनिने छ । यसको लागि सबै अन्तर्राष्ट्रिय गाइडलाइन्सको पालना गरिनेछ । स्वयंसेवी चुन्दा पनि विशेष ध्यान पुर्याइने छ, कोरोना सङ्क्रमण नभएकाहरुलाई देशभरिबाट छानिनेछ । उनीहरुमा कस्तो प्रतिक्रिया भयो, त्यो थाहा पाउन कम्तीमा ३० दिन लाग्छ ।’

उनले भनिन्, ‘भौगोलिक स्थितिले पनि असर पार्न सक्छ, यसको लागि हामीले पूरै भारतबाट मानिसहरुलाई चुनेका छौँ । पहिलो फेजको आँकडा जम्मा गर्न ४५ देखि ६० दिन लाग्छ । रगतको स्याम्पल लिएपछि परीक्षणको दर कम गर्न सकिँदैन । परीक्षणको नतिजा हामीसँग आइपुग्न १५ दिन लाग्छ ।’

हैदराबादमा रहेको भारत बायोटेक कम्पनीको माध्यमबाट बनाइरहेको कोरोना खोपको नाम ‘Covaxin’ (कोभ्याक्सिन) हो ।

प्रतिक्रिया